मोबाइल एपबाटै यात्रा स्वीकृति लिएर ४० देशका नागरिक अब ९० दिनसम्मका लागि अमेरिका आउन पाउने


प्रकाशित मिति : असार ११, २०८० सोमबार

मोबाइल एपबाटै यात्रा स्वीकृति लिएर ४० देशका नागरिक अब ९० दिनसम्मका लागि अमेरिका आउन पाउने भएका छन् । अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले भिसा छुटको सुविधा भएका देशका नागरिकहरु अमेरिका आउँदा यात्रा स्वीकृतिका लागि विद्यतीय प्रणालीबाट आवेदन दिनमिल्ने मोबाएल एप्लीकेशनको सुरुवात गरेको हो ।

गुगल प्ले स्टोर र एप्पल स्टोरमा उपलब्ध एप्लीकेशनमार्फत विगतको तुलनामा अब सहज रुपमा विद्युतीय रुपमा यात्रा स्वीकृतिका लागि आवेदन दिन सकिनेछ । विगतमा सीबीपीको वेवसाइटमा गएर आवेदन दिएरमात्र स्वीकृत भइसकेपछि अमेरिका आउन पाउने प्रावधान रहेको थियो ।

नयाँ मोबाइल एप्लीकेशनमार्फत यात्रुहरुले आवेदन दिन, पासपोर्टको तस्वीर स्क्यान गर्न, पासपोर्ट पढेर एप्लीकेशनमार्फत कन्फर्म गर्न, परिचय प्रमाणित गर्ने लाइभ भिडियो सेल्फी लिन, व्यक्तिगत यात्रा विवरण समावेश गर्न, योग्यताका प्रश्नको जवाफ दिन र आवेदन पेश गर्न सक्नेछन् । त्यस्तै आवेदन वा प्रोफाइल अपडेट गर्न आवश्यक परिवर्तन गर्न समेत एप्लीकेशनबाट सहजै सकिनेछ । आवेदन स्वीकृत भए नभएको नोटिफिकेशन प्राप्त गर्न र भविश्यका लागि प्रोफाइलको विवरण सुरक्षित गरेर समेत राख्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो मोबाइल एप्लीकेशन २४ वटा विभिन्न भाषाहरुमा उपलब्ध रहेको छ भने सबै ४० देशका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले बनाइएको सीबीपीले जनाएको छ । यो एप्लीकेशनबाट आवेदन दिएर यात्राका लागि स्वीकृति पाइसकेपछि विना भिसा ९० दिनसम्म अमेरिकाको भ्रमण गर्न सकिनेछ ।

भिसा छूट कार्यक्रम अन्तर्गत इस्टा एक उच्च प्रभावकारी सुरक्षा र जाँच उपकरण भएको छ। अगस्ट २००८ मा यसको स्थापना भएदेखि करोडौं आवेदनहरू अनुमोदन गरेको र विश्वभरका यात्रुहरूलाई अमेरिका भ्रमण गर्न, अन्वेषण गर्न र रमाइलो गर्न अनुमति दिएको सीबीपीले जनाएको छ। एप स्टोर वा गुगल प्ले स्टोरबाट एप्लीकेशन निशुल्क डाउनलोड गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com