रोमानियामा प्रस्तुति दिइरहेका गायक सपुतमाथि क्यान बियर प्रहार


प्रकाशित मिति : असार १०, २०८० आईतबार

रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा बियरको क्यान प्रहार भएको छ । रोमानियामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गर्दा दर्शकले सपूतमाथि बियरको क्यान फालेका हुन । दीर्घाबाट फ्याँकिएको क्यानले सपुतको टाउकोमा लागेको थियो ।

सपुतले ‘बोल माया……’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर प्रहार भएको सामाजिक सञ्जालमा भाइरल बनेका भिडियोहरुमा हेर्न सकिन्छ ।

बियरको क्यानले प्रकाशको निधारमा चोटपटक लागेको थियो । गीत गाउँदा गाउँदै बोत्तल प्रहार भएपछि कार्यक्रम केही समय बिथोलिएको थियो ।

आयोजकले सपुतलाई हमला गर्ने नियतले नभई मदीराको तालमा प्रहार भएको जनाएको छ । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com