भारतीय फिल्म प्रदर्शन नरोक्न अन्तरिम आदेश, आदेश नमान्ने मेयर बालेनको चुनौति


प्रकाशित मिति : असार ७, २०८० बिहीबार

काठमाडौंका हलहरुमा भारतीय फिल्म नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै बिहीबार अल्पकालीन अन्तरिम आदेश दिएको हो।

‘आदिपुरुष’ फिल्मको विषयलाई लिएर काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले महानगरभित्रका हलहरुमा सबै हिन्दी फिल्महरुलाई प्रतिबन्ध लगाएपछि नेपाल चलचित्र संघले बुधबार रिट दायर गरेका थियो।

तर अदालतको आदेश नमान्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चेतावनी दिएका छन् । अदालतको आदेश आए लगत्तै उनले अदालतले जेसुकै आदेश दिए पनि फिल्मवालाई आदिपुरुषको संवाद नसच्याएसम्म र माफी नमागेसम्म हिन्दी फिल्म चल्न नदिने अडान दोहराएका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

[media-credit id=”137″ align=”center” width=”1080″][/media-credit]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com