ड्रागन बोट रेस फेस्टिभल : पोखराको पर्यटनका लागि महत्वपूर्ण बन्दै


प्रकाशित मिति : असार ४, २०८० सोमबार

– वासुदेव पौडेल

नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ यहाँको पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वास लिइएको छ ।

कोरोना महामारीका कारणले सुस्ताएको पर्यटनले विस्तारै गति लिँदै गर्दा नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको फेवातालमा ड्रागन बोट रेस हुन लागेको हो ।

यही असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलको तयारी भइरहँदा यतिखेर पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । फेवाताल किनार क्याम्पिङ चोकमा हुने फेस्टिभलले यहाँको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुग्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“चीन नेपालको पर्यटनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय बजार हो”, उहाँले भन्नुभयो, “ड्रागन बोट रेस फेस्टिभलले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढाउन प्रवद्र्धनको काम गर्नेछ ।” फेटिभलका लागि पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सहयोगी संस्थाका रूपमा रहेका छन् । फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठ वटा विशेष खालका डुङ्गा पोखरा ल्याएर परीक्षण सुरु गरिएको उहाँले बताउनुभयो ।

फेस्टिभलअन्तर्गत चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुङ्गा दौड प्रतियोगिता गरिनेछ । पाँच सय र एक हजार मिटरको दौडमा प्रतिष्पर्धा हुनेछ । बोट रेसका लागि गत वैशाख २१ गते नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । चीनले यस प्रकारका बोट रेस फेस्टिभल ५० भन्दाबढी देश र क्षेत्रमा आयोजना गर्दै आएको छ ।

फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता हुने र यसैका सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय चाटर्ड उडान हुने भएको छ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलका लागि उक्त उडानमार्फत लगभग एक सय ३० जना आउने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच गत शुक्रबार सम्झौता गरिएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ ।

गत पुस १७ गते(सन् २०२३ को जनवरी १ तारिख) उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा असार ६ गते पहिलोपटक अन्तर्राष्ट्रिय उडानमार्फत चिनियाँ टोली अवतरण गर्नेछन् ।

पोखरा चिनियाँ पर्यटकको राम्रै्र रोजाइमा पर्ने गन्तव्य हो । यहाँ आउने चिनियाँ पर्यटक विशेषतः प्राकृतिक सुन्दरताको अवलोकन र प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीलगायतका साहसिक पर्यटनमा रुचि राख्ने गर्दछन् ।

नेपालमा भित्रने चिनियाँ पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पोखरा आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दक्षिण एशियामा नै पहिलो पटक हुन लागेको यस प्रतियोगिता पोखरेलीका लागि महत्वपूर्ण अवसर रहेको पोखरा महानगरपालिका पर्यटन समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुभयो ।

“कोभिडबाट थलिएको पर्यटनलाई उकास्नका लागि यो फेस्टिभल आफैँमा विशेष छ”, उहाँले भन्नुभयो, “यसलाई भव्य र सभ्यरुपमा सम्पन गर्नु हाम्रो महत्वपूर्ण जिम्मेवारी हो ।” फेस्टिभलसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने उल्लेख गर्दै उहाँले यहाँ सञ्चालित साहसिक पर्यटनका गतिविधि सधैँ उनीहरूको रोजाइमा पर्ने गरेको बताउनुभयो ।

पोखरामा पर्यटकलाई लक्षित गरी निर्माण गरिएका साना तथा ठूला गरी सात सयको सङ्ख्यामा होटेल रहेको होटेल एशोसिएसन नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । पोखरामा होटेल पूर्वाधारमा मात्रै रु चार खर्बभन्दा बढीको लगानी भइसकेको उहाँले बताउनुभयो ।

“यहाँ नेपालीका साथै चाइनिजले सञ्चालन गरेका रेष्टुरेन्ट पनि छन्”, उहाँले भन्नुभयो, “चिनियाँ भाषा जानेका पर्यटक गाइडको सङ्ख्या पनि राम्रै छ ।” पोखरा आउने चिनिया पर्यटकलाई चिनियाँ परिकारको कुनै समस्या नहुने उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com