उद्धार पर्खाइमा २ हजार परिवार


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

फाईल फोटो

श्रावण २९, २०७४- निरन्तरको वर्षापछि विभिन्न खोला–नदीमा आएको बाढीले सप्तरीमा १५ हजार परिवारका घर डुबानमा छन् । ती घरमा २ देखि ४ फिटसम्म पानी जमेको छ । एक हजार परिवार विस्थापित नै भइसकेका छन् भने ७५ हजार सर्वसाधारण अति प्रभावित छन् ।

खाडो, कोसी, जिता, महुली, बलान, खड्ग, सुन्दरी, भलुवाही, त्रियुगालगायत नदी बस्तीमा पसेका छन् । तिलाठी, सकरपुरा, मल्हनिया, कुसहा, वनरझुला, टिकुलिया, वरसाइन, तोपा, मौवाहा, बेल्ही, राजविराज नगरपालिका, देउरी भरुवा, झल्ही, फर्सेठ, डुमरी शिवथान, बिरौल, मयनाकरेडी, लोहजारा, भेडिया, मधवापुर, रम्पुरा मल्हनिया, विषहरिया, कोइलाडी र बेल्हीका सबै घरमा पानी पसेको छ । सप्तकोसी, कञ्चनरूप डाक्नेश्वरी नगरपालिका र कृष्णासवरण, रूपनी, सुरुंगा, बोदेबरसाइन गाउँपालिकाका अधिकांश बस्तीमा पाँच फिटसम्म पानी छ ।

खाँडो नदी सदरमुकाम पस्दा जिल्ला प्रशासन, जिल्ला अदालत, उच्च अदालत, अञ्चल प्रहरी, राष्ट्रिय अनुसन्धान, कृषि विकास बैंक, जिल्ला कृषि, रेडक्रस सोसाइटी, वनलगायत कार्यालय जलमग्न छन् । राजविराजको सिरहा रोड, अड्डा लाइन, सखडा रोड, मेनरोड, कञ्चनपुर रोड, तेतरीगाछी राजदेवी रोड, डुमरी शिवथान रोडलगायत सदरमुकामका सबै भित्री सडकमा ५ फिटभन्दा बढी पानी बगिरहेको छ । प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारीहरूको निवासमा पनि पानी पसेको छ । पडरियाका १ सय ५० परिवार स्थानीय विद्यालयमा शरण लिइरहेका छन् । खर्साल, लिलजा, तेतरीगाछी, राजदेवी, पानीट्यांकी, मदननगरलगायत टोल र बस्तीका सबै घर डुबेका छन् । राजविराजबाट चारै दिशामा बाढीले सडक कटान गरेकाले आवागमन अवरुद्ध छ । ग्रामीण सडक, पुलपुलेसा, कल्भर्ट, नहर र कुलोपैनी भत्किएका छन् ।

बाढीकै कारण सरोकारवाला निकायका प्रतिनिधि प्रभावित स्थल पुग्न सकेका छैनन् न त क्षतिको तथ्यांक संकलन हुन सकेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको शनिबार बसेको आकस्मिक बैठकले १० हजार परिवारका ५० हजार व्यक्ति अति प्रभावित रहेको अनुमान गरेको छ । समिति अध्यक्ष प्रजिअ कृष्णबहादुर कटुवालले स्रोतसाधन सीमित रहेकाले राहत तथा उद्धारकार्य प्रभावकारी बनाउन नसकिएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सकरपुरा, वनरझुला, बरसाइन, टिकुलिया र कुसहाका २ हजार परिवार शनिबार बिहानैदेखि उद्धार टोलीको पर्खाइमा थिए । तर, चारैतिर बाढीले घेरिएका उनीहरूलाई त्यहाँबाट निकाल्ने प्रयाससम्म पनि भएको छैन । वर्षा अझै भइरहेकाले बाढीको सतह बढ्दो छ । उनीहरू त्रासैत्रासमा बसिरहेका छन् । जिल्लाका अन्य भेगमा पनि उद्धार तथा राहतका काम थालिएको छैन । पीडितहरू भोकै बस्न बाध्य छन् । गोठमा पानी पस्दा पशुचौपायाको बिजोग छ ।

भारतीय पक्षले कोसी ब्यारेजका सबै ढोका नखोल्दा पश्चिमी तटबन्धमा दबाब बढेकाले बाँध भत्किने जोखिम रहेको प्रजिअ कटुवालले बताए । उद्धार समिति बैठकले तत्काल ब्यारेजका सबै ढोका खोल्न कूटनीतिक पहलका लागि केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा सिफारिस गरेको उनले जानकारी दिए ।

दुई दिनयता सिरहामा पनि विभिन्न बस्ती जलमग्न छन् । लहान नपा–९ छर्रापट्टीका मिस्री सदायको घर बाढीकै कारण भत्किएको छ । लहान नपा–२० का पुजेन्द्र यादव, लखनदेव र सत्यनारायण गुप्ताको टिन र टाटीले बनेको घरमा पनि क्षति पुगेको छ । लहान, मिर्चैया क्षेत्र जलमग्न छन् । घरघरमा पानी पसेको छ । वर्षाले धानबालीमा समेत क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ । लामो खडेरीपछि जसोतसो रोपाइँ भए पनि अविरल वर्षाले धानबालीमा क्षति पुर्‍याएको वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com