वैदेशिक रोजगारीको पीडा : ११ महिनामा १ हजार ६३ जना नेपालीको मृत्यु


प्रकाशित मिति : जेष्ठ २८, २०८० आईतबार

चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा गएका १ हजारभन्दा बढिले मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ११ महिनामा सातै प्रदेशका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक हजार ६३ जना श्रमिकको मृत्यु भएको हो ।

चालू आवमा मधेश प्रदेश र कोशी प्रदेशबाट मात्रै ४ सय ९४ जनाको मृत्यु भएको छ जसमध्ये १६ जना महिला श्रमिक रहेका छन् । त्यस्तै, लुम्बिनी प्रदेशबाट २ सय ३५, गण्डकी प्रदेशबाट एक सय ३९ श्रमिकले ज्यान गुमाएका छन् भने बाग्मती प्रदेशका एक सय २५, कर्णाली प्रदेश ५० र सुदूरपश्चिम प्रदेशबाट २० जना श्रमिकले ज्यान गुमाएका छन् ।

चालू आर्थिक वर्षमा ३ सय जना श्रमिक अङ्ग भङ्ग भएका छन् । अङ्ग भङ्ग हुनेमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रहेको सचिवालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, कोशी प्रदेशबाट पुरुष ६३ र महिला ३ गरि ६६ जना वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले अङ्ग भङ्ग भएका छन् भने लुम्बिनी प्रदेशबाट ६५, गण्डकी प्रदेशबाट ५३, मधेश प्रदेश ५० ,बाग्मती प्रदेशबाट ४४ जना श्रमिक अङ्ग भङ्ग भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट भने १२ जना र कर्णाली प्रदेशबाट १० जना श्रमिक अङ्ग भङ्ग भएको बोर्ड सचिवालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि भित्रै ज्यान गएमा बोर्डमार्फत हकवालाले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ । बीमा गरेबापत भने १४ लाख पाउने व्यवस्था छ तर स्वदेश रहँदै मृत्यु भएमा भने १३ लाख मात्र पाइने व्यवस्था रहेको छ । बीमा कम्पनीबाटै १५ वटा घातक रोग लागेमा रु ५ लाख पाइने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com