विराटनगर विमानस्थलमा कम्मर कम्मर पानी (भिडियो र फोटो फिचर)
प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार
–
श्रावण २८, २०७४- शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले विराटनगर डुबानमा परेको छ । दुहबी खोला फुटेर विराटनगर पसेपछि कोशी राजमार्गको पश्चिम क्षेत्र डुबेको छ ।
विराटनगर विमानस्थलमा कम्मर कम्मर (डेढ मिटर) पानी जमेको छ । बिहान ५ बजेदेखि विराटनगरमा हिंडडुल बन्द भएको हो । एयरपोर्ट गेटबाटै खोलाको भंगालो भित्र पसेको छ ।
विराटनगर विमानस्थल डुबानमा परेपछि उडान ठप्प भएको छ । कर्मचारीलाई भुइँतलाका काजगात र सरसामान जोगाउन हम्मे हम्मे परेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
धावनमार्गमा भने श्री एयरलाइन्सको नयाँ जहाजमात्रै पार्किङमा रहेको छ । यो जहाज शुक्रबार नै विराटनगर आएको थियो ।
भिडियो र फोटोहरु : लीलाबल्लभ घिमिरे/कान्तिपुर





डुबानमा विराटनगर विमानस्थल ।
Posted by Kantipur Daily on Saturday, August 12, 2017






