इटहरीमा हाल सम्म ६ जनाको सब भेटियो [Photo]


प्रकाशित मिति : श्रावण २८, २०७४ शनिबार

अविरल बर्षाका कारण इटहरीमा ठुलो मानबीय र भौतिक क्षति भएको छ । वाडीले बगाएर इटहरीमा ५ जनाको मृत्यु भैसकेको छ । इटहरीमा ५ जना र तरहरामा १ जना गरेर ६ जनाको सब भेटिसकेको प्रहरीले जनााएको छ । मृत्यु हुनेमा इटहरी ३ गैरी गाँउका ३० बर्षिय माला शाहा, उनकी छोरी सिठी साहा, भोजपुर घोरेटार घर भइ इटहरी ४ बस्ने माला राइको तिन बर्षको छोरा छोरा रुपेस राइ र ८ बर्षकी रुपसनी राइ छन् । यसैगरी घरमा पानी पसे पछि इटहरी ४ आइतबारेका ४० बर्षिय इश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेको अन्दाजी ७० बर्षको देखिने राइ थरका एक ब्यक्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थुप्रै मानीसहरु हराएका खबरहरु आइरहेका छन् । बाढीले नेपाल टेलीकमको सेवा समेत अबरुध भएकाले सुचना संकलन र उद्धारमा कठिनाइ भैरहेको छ । रातीको तुलनामा बिहान बढी घटेको छ तर पानी परिरहेको छ । रातीदेखिनै इटहरी क्षेत्रमा बिद्युत सेवा समेत अबरुद्ध छ । सडक पुरै बाडीले ढाकेर सबारी साधन चल्न असहज भैरहेको छ ।
बाडीले इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुवानमा परेको छ । सेनाका ब्यारेक भित्रै पानी पसेपछि केही सामान सुरक्षित स्थानमा सारिएको बताइएको छ । नेपाली सेनाको हेलिकप्टर विहानै देखी उद्धारका लागि जुटेको छ । बाढि घर भित्र पसेपछि मानिसहरुको विचल्ली भएको छ । इटहरीको मुख्य चौक सहितका बजार क्षेत्रमा पनि पानी पसेको छ ।
सप्ताकोशी नदिमा पानीको बहाव बर्षकै उच्च स्थानमा पुगेको छ । लगातारको बर्षा पछि पानीको सतह बढि रहेको छ । आज विहानको मापन अनुसार सप्तकोशी नदिमा २ लाख ६९ हजार २ सय ५० प्रतिक्युसेक पानी बहेको कोशी व्यारेजले जानकारी दिएको छ । सप्तकोशीका ५६ ढोका मध्ये ३४ ढोका खुल्ला गरिएका छन् । कोशी व्यारेजमा यसअघि नै खतराको संकेत स्वरुप रातो झण्डा गाडिएको छ । कोशीमा पानीको मात्रा बढि रहेको छ ।

Image may contain: one or more people

Image may contain: one or more people, tree, sky, outdoor, nature and water

Image may contain: 1 person

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com