अमेरिकाका सीमा गस्ती प्रमुखपछि अध्यागमन एजेन्सी आइसका प्रमुखको पनि अवकाश घोषणा


प्रकाशित मिति : जेष्ठ २३, २०८० मंगलबार

अमेरिकाको अध्यागमन र भन्सार प्रवर्तन आइसका कार्यवाहक निर्देशक टाई जोन्सनले ३० वर्षपछि अवकाश लिने घोषणा गरेका छन् । उनी जुनको अन्त्यमा अवकाश लिने तयारीमा रहेका हुन् ।

होमल्याण्ड सेक्युरिटी भित्रको एजेन्सी आइसबाट जोन्सनको अवकाश घोषणा हालैका दिनहरूमा बाइडेन प्रशासनका अध्यागमन अधिकारीको दोस्रो महत्त्वपूर्ण हलचल हो। गत हप्ता अमेरिकी सीमा गस्ती प्रमुख राउल ओर्टिजले एजेन्सी छोड्ने बताएका थिए।

हालै जोन्सनले टाइटल ४२ नामको सार्वजनिक स्वास्थ्य आदेशबाट अमेरिकाको अध्यागमन कानूनको कार्यान्वयनमा संक्रमणको क्रममा आइसको योजना र कार्यान्वयनको नेतृत्व गरेका थिए । जोन्सनले डोनाल्ड ट्रम्प र जो बाइडेनको राष्ट्रपति भएको बखत आइसको कार्यकारीका रुपमा नेतृत्व गरेका हुन् । आइसमा नयाँ निर्देशक नियुक्त गर्ने असफल प्रयास पछि उनी कार्यकारी भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टाइटल ४२ लाई अहिले बाइडेन प्रशासन द्वारा लगाएको कडा एसाइलम नियमहरू द्वारा प्रतिस्थापित गरिएको छ, परिणामस्वरूप पछिल्लो महिनाको धेरै समयमा कागजपत्रविहिनले गैरकानुनी सिमा पार गर्ने क्रममा नाटकीय गिरावट आएको छ।

जोन्सनले बाइडेन राष्ट्रपति भएको सुरुवातदेखि नै आइसमा कार्यवाहक निर्देशकको रूपमा नेतृत्व लिएका थिए । जुन एजेन्सी अमेरिकामा गैरकानूनी रूपमा उपस्थित आप्रवासीहरूलाई गिरफ्तार गर्ने, हिरासतमा राख्ने र देश निकाला गर्ने भूमिकाका कारण विवादको केन्द्रमा रहेको छ।

जुन २०२२ मा एजेन्सीको नेतृत्व गर्न बाइडेनदे छानेका एड गोन्जालेज विरुद्ध रिपब्लिकन सिनेटरले गुनासो उठाएपछि बाइडेन उनलाई नियुक्त गर्ने विचारबाट पछि हटेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com