८० वर्षमा नागरिकता


प्रकाशित मिति : श्रावण २७, २०७४ शुक्रबार

श्रावण २७, २०७४- बन्गाड कुपिन्डे नगरपालिका ५ खैरागार डोरकी कुइरी रानाले ८० वर्षको उमेरमा नागरिकता पाएकी छन् । घरबाट तीन घण्टा हिँडेर सल्लीबजारमा आएर उनले नागरिकता लिएकी हुन् ।

नागरिकता नहुँदा मतदान र सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको भन्दै उनले नागरिकता लिएको बताइन् । नागरिकता बनाउने पहिलेदेखि नै इच्छा भए पनि एक्लै सदरमुकाम आउन नसकेका कारण समस्या भएको उनले सुनाइन् । सल्लीबजारमा सञ्चालित घुम्ती शिविरबाट उनले नागरिकता लिएकी हुन् ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको शिविरबाट कालीमाटी गाउँपालिका काल्चेकी नन्दकली खत्रीले ७० वर्षको उमेरमा नागरिकता बनाइन् । नागरिकता नभएकाले आफ्नो नाममा कुनै सम्पत्ति नभएको उनको गुनासो छ । स्थानीयलाई सदरमुकाम आएर सरकारी सेवा लिन समस्या भएपछि शिविर सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डनले बताए । उनका अनुसार दुई स्थानमा गरेको शिविरबाट ७ सयभन्दा बढीले नागरिकता लिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com