गणतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा रोपे तरकारीका बेर्ना


प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसका अवसरमा सोमबार बालुवाटारस्थित सरकारी निवास परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले सरकारी निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँलगायतका बीउ र बेर्ना रोपेका हुन्।

सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए। उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ। कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्व‌ंयसेवकहरुको सहभागिता थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com