टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी रिहा


प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी सोमबार  कारागारबाट रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी रिहा भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई स्वागतको लागि नेता कार्यकर्ता सोमबार बिहानै डिल्लीबजार कारागार पुगेका थिए ।

आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीको कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।

यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com