ओलाङचुङगोलामा चिनियाँ अधिकारीको भव्य स्वागत


प्रकाशित मिति : श्रावण २६, २०७४ बिहीबार

– आनन्द गौतम

श्रावण २६, २०७४- चीनसँग सिमाना जोडिएको टिप्ताला भञ्ज्याङदेखि नजिकको बस्ती ओलाङचुङगोलासम्म सडकको ट्रयाक खुलेपछि पहिलो पटक चिनियाँ अधिकारीहरु गाडीमै आइपुगेका छन् । ट्रयाक खुलेपछि पहिलो पटक तिब्बतको रिउ जनसरकार प्रमुख र प्रहरी प्रमुख गाडी लिएर आएका हुन् ।

सडक निर्माणको जिम्मा लिएका ठेकदार पनि लिएर आएका उनीहरुले सडक गाडी चलाउन योग्य छ भन्ने प्रमाणित गरेको ओलाङचुङगोलाका बासिन्दाले बताए । बाटामा कतै नधकेली र नतानीकनै दुई वटा सानो गाडी लिएर आएका फक्तालुङ गाउँपालिका ७ ओलाङचुङ्गोलाका गाउँ कार्यपालिका सदस्य छेतेन वालुङले बताए ।

बस्तीदेखि डेढ सय मिटरमाथि हेलिप्याड बनाइएको ठाउँमा गाडी राखिएको छ । हिलोका कारण डेढसय मिटर छिराएर वस्तीसम्म पुर्याउन नसकेको छेतेनले टेलिफोनमा जानकारी दिए । ठुला मेशिनपछि साना सवारी साधन पहिलो पटक गोला आइपुगेका हुन् । वडा सदस्य टाँसी वालुङको घरमा राखिएका उनीहरुलाई मंगलबार साँझ स्थानीयले भब्य स्वागत गरेका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

स्थानीय तह निर्बाचनमा निर्बाचित वडाका जनप्रतिनिधि तथा ओलाङचुङ्गोलाका बासिन्दाले खादा, माला लगाएर स्वागत गरेको टाँसीले वताए । वडाध्यक्ष छेतेनले ताप्लेजुङको सडकको अवस्था, यो सडक निर्माणपछिको भविष्यलगायतका बिषयमा जानकारी गराएका थिए ।

टिप्तालाभञ्ज्याङ–ओलाङचुङ्गोला सडक उपभोक्ता समिति र चिनियाँ ठेकेदार कम्पनीसँगको सम्झौतामा साक्षी बसेका जनसरकार प्रमुख सडकको अवस्था अवलोकनका लागि आएको टाँसीले बताए । ‘अव अन्तिम किस्ता दिने बेला भएको छ । सम्झौता अनुसारको सडक ठिक छ, दिंदा हुन्छ भनेपछि मात्रै दिन्छौं,’ उपभोक्त्ता समिति अध्यक्ष छतेनले भने, ‘ उनीहरु हाम्रोमा जे जस्तो गरेपनि देउ भन्दैनन् सम्झौता अनुसारको काम भएको राम्ररी नियालेर मात्रै सिफारिस गर्छन् ।’

उनीहरुले बुधवबर स्थानीयसँग अन्तर्क्रिया पनि गरे । ओलाङचुङ्गोलाका बासिन्दा भोटेभाषा मात्रै बोल्ने तर उनीहरु चाइनिज बोल्ने भएकाले दोभासेको माध्यमवाट कुरा गरिएको छेतेनले वताए । गोलाका बासिन्दाले नियमित गाडी चल्ने बनाइदिन अनुरोध गरेका थिए ।

तिब्बतवाट सडक खन्दै आएका तीनवटा मध्ये एउटा मेशिन ओलाङचुङगोलामै छभने अरु दुइ वटा फर्काएर लगेका छन । छेतेनका अनुसार सडकको भित्तामा नाली काट्ने र पानी बग्ने ठाउँमा ढल बनाउन बाँकी छ । नाली काटेपछि लोडर लगाएर पेल्न बाँकि रहेको छेतेनले वताए ।

दुई ठाउँमा तमोर नदी वारपार गर्नु परेकाले दुइटा पुल बनाउनु पर्ने उपभोक्ता बताउँछन । पानीको सतह ठुलो नभएकाले पुल नभएपनि यातायात सञ्चालनमा भने कुनै कठिनाइ नहुने उत्तर–दक्षिण लोकमार्ग आयोजना प्रमुख कुबेर नेपाली वताउँछन् ।

टिप्तालादेखि गोलासम्मको २१ किलोमिटर सडक निर्माण भएको छ । राष्ट्रिय राजमार्गमा जोड्न अव ३८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । सदरमुकाम फुङलिङवाट फक्ताङलुङ गाउँपालिकाको तापेथोकसम्म सडक पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com