प्रधानमन्त्री प्रचण्डकी नातिनी स्मिताको नयाँ गीत ‘आँखामा गाजल’


प्रकाशित मिति : जेष्ठ १३, २०८० शनिबार

गायिका स्मिता दाहालले नयाँ गीत ल्याउनुभएको छ । करिब एक वर्षको अन्तरालमा उहाँले नयाँ गीत ‘आँखामा गाजल’ ल्याउनुभएको हो । उहाँको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो । स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुनुहुन्छ ।
रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ । देवेश राईको एरेञ्ज रहेको गीतको भिडियोमा स्मिता स्वयम्ले मोडलिङ गर्नुभएको छ ।
गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । सुदीप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गर्नुभएको हो । गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन् । एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् ।
“अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ”,  स्मिताले भन्नुभयो, “एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु । रोमान्टिक फ्लेबरमा गाएकी छु । दर्शकले सधैँझै माया गर्नुहुन्छ भन्ने आशा छ ।” उहाँका  ‘मायालु तिमी कता छौं’, ‘पानी कुवाको’, ‘मालिङ्गो’ गीत चर्चित गीतमा पर्छन् ।
https://www.youtube.com/watch?v=xbU-4UJ_Mm0&t=30s
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com