नेपालको नदी किनार ‘सि बीच’ को झझल्को


प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार

बर्सेनि करोडौँ रुपैयाँ खर्चेर सामुद्रिक किनारमा रमाउन नेपाली विदेश जाने गर्दछन् । थाइल्याण्ड, दुबई, भारतको गोवा, इण्डोनेसियाको बालीलगायतका देश र सहरमा बर्सेनि ठूलो सङ्ख्यामा नेपाली पुगेको देख्नुभएका महेन्द्रसिंह थापालाई नेपाली पर्यटक रोक्ने योजना बन्यो ।

उहाँले यही ‘सि बीच’ मोडल दिने गरी नदी किनारमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै आउनुभएको छ । पर्यटन क्षेत्रमा चार दशक पार गर्नुभएका उहाँ पछिल्लो समय नदी तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधारमा जुट्नुभएको हो । उहाँले सिन्धुपाल्चोकको सुकुटे, गोरखाको बुटार र नवलपुरको गैँडाकोटमा नदी किनारमा रिसोर्ट सञ्चालन गर्नुभएको छ । सँगै ¥याफ्टिङ, ढुङ्गालगायतका जलक्रिडाका गतिविधिमा उहाँको लगानी छ ।

¥याफ्टिङ र ट्रेकिङमा राम्रो दख्खल हासिल गर्नुभएका पर्यटन व्यवसायी थापाले नेपालका १८ नदीमा ¥याफ्टिङ चलाउनु भएको छ । त्यसो त अमेरिका, नर्वे, आइसल्याण्ड, भारत र पाकिस्तानमा ‘¥याफ्टिङ’ चलाएको अनुभव उहाँसंग छ ।

सोलुखुम्बुमा जन्मिएर त्यही प्रवेशिका परीक्षा उत्तीर्णपछि काठमाडौँमा सरस्वती क्याम्पस पढ्दै गर्दा यो पेसामा उहाँ लाग्नुभएको हो । उहाँले भन्नुभयो, “चार वर्ष जागिर खाएपछि म ¥याफ्टिङतर्फ आकर्षित भए ।” सुरुआती समयमा चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगर टप्स होटलमा ¥याफ्टिङमै उहाँले जागिर खानुभयो । यही क्रममा सिलसिलामा उहाँ तालिमका लागि अमेरिका पुग्नुभयो । अमेरिकाको तालिमसँगै विभिन्न देशमा उहाँले ¥याफ्टिङमा जागिर खानु भयो । यही क्रममा भारतमा ¥याफ्टिङको सुरुआत आफैँले गराएको उहाँको दाबी छ । उहाँले भन्नुभयो “भारतमा सुरुआत गर्ने मै हो । नेपालमा हामीले ¥याफ्टिङ, ट्रेकिङ कम्पनी खोलेर नै काम ग¥यौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल फर्किएर उहाँले विसं २०५१ मा सिन्धुपाल्चोकमा सुकुटेबीच रिसोर्ट सञ्चालनमा ल्याउनुभयो । जग्गा किनेसँगै क्याम्पिङ टेण्टमा विदेशी पर्यटक राखेर सुरु गरेको सुकुटे अहिले सुविधा सम्पन्न रिसोर्ट बनेको छ । शुक्रबार साँझ सुकुटेबीच पुग्नुभएका गैँडाकोटका पत्रका गोविन्द घिमिरेले भन्नुभयो, “मलाई त विदेशको कुनै देश पुगेकोजस्तो अनुभव भयो । ” साँझदेखि रातभर खोलाको किनारमा तन्नेरीदेखि बूढाबूढीसम्म रमाएको उहाँले सुनाउनुभयो ।

थापा ¥याफ्टिङ एसोसिएसन र ट्रेकिङ एसोसिएसनको विभिन्न पद हुँदै अध्यक्ष भएकाले विदेशी पर्यटक उहाँको सम्पर्कमा आएकै कारण सुकुटेले छोटो समयमा राम्रो ख्याती कमायो । सिन्धुपाल्चोकको साङ्गाचोक गढी नगरपालिका–९ मा सुकुटेबीच एभेन्चर रिसोर्ट छ ।

माथिल्लो सुनकोशी नदीको किनारमा त्यहाँ आउने पाहुना रमाउने गर्दछन् । मध्यरातसम्म नदी किनारमा रमाउने पाहुना कोही कोठामा त कोही क्याम्पिङ टेण्टमा सुत्ने गर्दछन् । थापाले भन्नुभयो, “एक रातमा पाँच सय जनासम्म हाम्रो रिसोर्टमा अट्छन् ।” प्रधानमन्त्री, मन्त्रीहरुलगायत उच्चपदस्थ कर्मचारीको रोजाइ पर्न आफ्नो रिसोर्ट सफल भएकोमा थापालाई गर्व छ ।

उहाँको दोस्रो रिसोर्ट गोरखाको बुटारमा गोरखाबीच रहेको छ । त्रिशूली नदी किनारमा तीन सय जना क्षमताको रिसोर्ट रहेको उहाँ बताउनुहुन्छ । यस्तै हालै मात्र गैँडाकोट नगरपालिका–५ कुसुमघाटस्थित नारायणी नदी किनारमा उहाँको तेस्रो रिसोर्ट ‘नारायणीबीच एडभेन्चर रिसोर्ट’ रहेको छ । सुकुटेमा २० र गोरखामा १० ¥याफ्टिङ डुङ्गा छन् । गैँडाकोटमा तीन मोटरबोट रहेको उहाँले जानकारी दिनुभयो ।

माथिल्लो सुनकोशी, त्रिशूली र नारायणी नदी किनारमा पर्यटकलाई मनोरञ्जन दिँदै आउनुभएका थापा कास्कीको माथिल्लो सेती नदी किनारमा नयाँ रिसोर्ट निर्माणको योजनामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “नदी किनारलाई उपयोग गर्न सकियो भने बर्सेनि विदेश जाने नेपाली पर्यटकले यही खर्च गर्छन् ।”

बर्सेनि रु तीन चार अर्ब विदेश घुम्नेले खर्च गरेको भन्दै उहाँले नेपालका नदी किनारलाई अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विदेशी पर्यटक ल्याउने हो, नेपालीलाई यही रोक्ने हो ।” विदेशका सामुद्रिक किनारमा पाइने सबै सुविधा यही दिन सकिने थापाको भनाइ छ । उहाँका तीनवटै रिसोटमा पुग्दा विदेश गएकोजस्तै झल्को आउने गर्छ ।

सरकारले सडक, विद्युत्, खानेपानीजस्ता पूर्वाधारमा लगानी गरे पुग्ने भन्दै उहाँले व्यवसायीले नै पर्यटन पूर्वाधारमा लगानी गर्ने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com