रातो मच्छिन्द्रनाथको रथलाई सुरक्षा


प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार

वर्षा र सहकालका देवताका रुपमा विश्वास गरिने रातो मच्छेन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पूजारीको सुरक्षामा राखिएको छ ।
मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् भनेर सुरक्षाका लागि छ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी सहायक निरीक्षक रोहन महर्जनले जानकारी दिनुभयो ।
रथारोहनको सुरुको दिनदेखि मुख्य पुजारी सुरोजन शाक्य ९जलपानेजु०, सहायक पुजारी भीमरत्न शाक्य ९खल पानेजु० सहित चार सहयोगी रथको सुरक्षा तथा पूजापाठका लागि खटिनुभएको छ ।
मच्छिन्द्रनाथको रथ सुरक्षा तथा पूजापाठका लागि खटिएका सहयोगी स्वर्णिम महर्जनका अनुसार यदि कुनै कारण रथ दुर्घटना भएमा मूर्तिलाई अरूले छुन नमिल्ने हुँदा सहयोगीले मूर्तिलाई सुरक्षित साथ राख्न सहयोगीको आवश्यकता परेको हो ।
साइतअनुसार करिब दुई महिनाभन्दा बढी चल्ने रातो मच्छिन्द्रनाथको जात्रा हाल केही दिनयता लगनखेलको थती टोलमा रोकिएको छ । थति टोलमा पूजापाठ गर्न भक्तजनको बिहान र बेलुका भीडभाड हुने गरेको छ ।
पुजारीको सहयोगका लागि खटिएका अर्का सहयोगी सुजल बज्राचार्यका अनुसार प्रत्येक वर्ष पुजारी परिवर्तन हुनुहुन्छ र दुई पुजारीको सहयोगका लागि खटिएका चार सहयोगीले धूप बाल्ने, प्रसाद दिने र लिनेलगायतका कार्य गर्छन् ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएको छ । साइतअनुसार हाल लगनखेलको थती टोलमा रोकिएको मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट यही जेठ ८ गते पश्चिमतिर तानेर जावलाखेल पु¥याइनेछ ।
विद्या, धन, सम्पत्ति, शान्ति, समृद्धिलगायत सबै कुरा मागे पनि मेरो रूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद् बताउँछन् । रातो मच्छेद्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबैभन्दा लामो जात्रा हो ।
जावलाखेलमा पु-याएर भोटो देखाएपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखेर बुङ्गमती पु¥याएपछि जात्रा समापन हुन्छ । पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यस जात्राको सुरुआत गराएको किंवदन्ती रहेको छ ।-फाईल फोटो/रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com