गाजामा ५ दिनसम्म चलेको युद्ध रोक्ने सहमति


प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार

पाँच दिनसम्म चलेको युद्धपछि  गाजा पट्टी र आसपासका क्षेत्रमा युद्धविराम लागू भएको छ । युद्धका क्रममा कम्तीमा ३४ प्यालेस्टिनी र एक इजरायलीको मृत्यु भएको छ ।

इजिप्ट र प्यालेस्टाइनी स्रोतका अनुसार युद्धविराम स्थानीय समयअनुसार राति १० : ०० बजे सुरु हुने तय भएको थियो ।

तर समयसीमा सकिन अन्तिम ३० मिनेटमा गाजाबाट इजरायलतर्फ दर्जनौँ रकेट प्रहार गरिएको एएफपीका संवाददाताले बताएका छन् ।

अधिकांश रकेटलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युद्धविरामको घोषणापछि सयौं मानिसहरू गाजाका गल्लीहरूमा निस्कन थालेका छन् । उक्त गल्लीहरू धेरै दिनदेखि खाली देखिन्थे ।

इजरायली सेनाले स्थानीय समयअनुसार राति ११ बजेपछि गाजाबाट दुई वटा रकेट प्रहार गरिएको जनाएको छ ।

इजिप्टले इजरायल र प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहाद दुवैबाट सम्झौता प्राप्त गरेको भन्दै युद्धविरामको पछिल्लो प्रस्तावमा मध्यस्थता गरेको थियो ।

“इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार साही हानेग्बीले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीलाई धन्यवाद दिँदै युद्धविरामका लागि इजिप्टको सशक्त प्रयासप्रति इजरायलको तर्फबाट प्रशंसा व्यक्त गर्नुभएको छ,” इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

इजिप्टको पहलप्रति इजरायलको प्रतिक्रियाको अर्थ ‘शान्त भएर जवाफ दिइनेछ, र यदि इजरायलमाथि आक्रमण वा धम्की दिइयो भने उसले आफ्नो रक्षाका लागि गर्नुपर्ने सबै कुरा जारी राख्नेछ,’ उहाँले भन्नुभयो ।

एक प्यालेस्टिनी स्रोतले इस्लामिक जिहादको सम्झौताको पुष्टि गरेको छ ।

इस्लामिक जिहादको राजनीतिक विभागका अधिकारी मोहम्मद अल–हिन्दीले एएफपीसँग भन्नुभयो, “हामी इजिप्टको प्रयासका लागि धन्यवाद दिन चाहन्छौं । गत मंगलबार देखि नै हिन्दी कायरोमा रहनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com