पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा उपस्थित


प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार

wiki

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा भ्रष्टाचारको आरोपमा सुनुवाइको लागि उपस्थित भएका छन् । अर्धसैनिक बलले उनलाई यहाँको अदालतबाट गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ ।

यसैबीच पाकिस्तानको आन्तरिक मन्त्रालयले आज पूर्वी प्रान्त पञ्जाबमा कानूनी व्यवस्थाको सुनिश्चित गर्नका लागि सेनाको सहयोग माग गरेको मन्त्रालयले उल्लेख गरेको छ । जियो न्युजले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ- न्यायाधीश मुहम्मद बशीरले सुनुवाइको अध्यक्षता गर्दै नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अल-कादिर ट्रस्ट भ्रष्टाचार मुद्दामा खानलाई १४ दिनको हिरासतमा राख्न अनुमतिका निम्ति अदालतलाई अनुरोध गरेको छ ।

नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) का डेपुटी प्रोसिक्युटर जनरल सरदार मुजफ्फर अब्बासी र विशेष अभियोजक रफिक मसूद पनि अदालतमा उपस्थित भएको जियो न्यूजले उल्लेख गरेको छ । अदालतमा एनएबीको तर्फबाट सरकारी वकिल सरदार जुल्कारनैन र अनुसन्धान अधिकृत मियाँ ओमर नदीमले प्रतिनिधित्व गरेका थिए ।

मङ्गलबार इमरान खानलाई इस्लामाबाद उच्च न्यायालय बाहिर पाकिस्तान रेंजर्सले अल-कादिर ट्रस्ट मुद्दामा राष्ट्रिय एकाउन्टेबिलिटी ब्युरो (एनएबी) द्वारा जारी गरेको वारेन्टमा पक्राउ गरेको थियो। अल कादिर युनिभर्सिटी ट्रस्टको नाममा सयौं नहर जग्गा आर्जन गरेको आरोपमा इमरान खान, बुशरा बिबी र अन्य विरुद्ध एनएबीले अनुसन्धान थालेको थियो जसले राष्ट्रिय कोषलाई १९ करोड पाउण्ड नोक्सान पुर्याएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्रष्टाचार विरोधी स्वतन्त्र संगठनको निर्देशनमा पूर्वप्रधानमन्त्रीलाई मङ्गलबार अल-कादिर ट्रस्ट मुद्दामा रेंजर्सले हिरासतमा लिएको थियो। त्यसपछि उनलाई सोधपुछका लागि रावलपिण्डीको ग्यारिसन शहरमा स्थित मुख्यालयमा लगिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com