पाँचथरमा यसवर्ष फुलेन गुराँस, पर्यटकको सङ्ख्यामा कमी


प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार

विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ ।

सीमित रुखमा मात्रै गुराँस फुल्नुका साथै फुलेका रुखमा पनि ढकमक्क गुराँस भेट्न पाइन्न । लालीगुराँस फुल्ने याङवरक–१ कै च्याङथापू बजारदेखि सीमावर्ती चिवाभञ्ज्याङसम्मका क्षेत्रमा समेत निकै कम गुराँस फुलेको छ । फालेलुङ गाउँपालिकाको फालोट क्षेत्र तथा फिदिम नगरपालिकामा पर्ने सुकेपोखरी, लोहकिल क्षेत्रमासमेत गुराँस फुलेको छैन ।

याङवरक–१ नन्दकुमार राईका अनुसार वर्ष विराएर गुराँस फुल्ने गर्दछ । यसवर्ष भने गुराँसको कोपिला लागेको समयमा असिना परेका कारण गुराँस नफुलेको हो ।

“यो वर्ष गुराँस फूल्ने वर्ष होइन्, वर्ष बिराएर गुराँस फुल्दछ”, राईले भन्नुभयो, “अलिअलि कोपिला लागेका गुँरासमा असिनाले नोक्सान गर्यो ।” गुराँस नफुल्दा पर्यटकको सङ्ख्या कम भएको राईको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

याङवरककै लक्ष्मण राईका अनुसार वातावरणीय असन्तुलनका कारण गुराँस नफुलको हो । “यो वर्ष तुलनात्मक रुपमा कम गुँरास फुल्ने पालो हो तर यति कम भने हुँदैन थियो”, राईले भन्नुभयो, “असिनाले पनि गुराँसलाई क्षति ग¥यो ।” 

गुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा गुराँसकै अध्ययनमासमेत खोजकर्ता आउने गर्दछन् । प्रशस्तै गुराँस फुलेपनि पाँचथरमा पर्ने उच्च पहाडमा सीमित आन्तरिक पर्यटकले रमाइलो मात्रै गर्ने गर्दछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com