यसपटक ट्याक्स फाइल गर्दा आम्दानीको १३,८५० डलरसम्म घटाएर कम कर तिर्न सकिने


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

calculator and notepad placed on usa dollars stack

Photo by Karolina Grabowska on Pexels.com

चालु कर वर्ष २०२३ को लागि आईआरएसबाट महत्त्वपूर्ण मुद्रास्फीति समायोजन गरेको छ । २०२४ मा अर्थात् यसपटक फाइल गरिने ट्याक्सका लागि स्टाण्डर्ड डिडक्सनको रकम बढाइएको छ । धेरै व्यक्तिले कर फाइल गर्दा आइटमाइज डिडक्सन गर्नुको साटो स्टाण्डर्ड डिडक्सन गरेर आफ्नो कर योग्य आय कम गर्छन् । २०२४ मा कर फाइल गरिने कर वर्ष २०२३ को लागि स्टाण्डर्ड डिडक्सन सबै करदाताहरुका लागि लगभग ७ प्रतिशतले बढ्नेछ।

संयुक्त रूपमा फाइल गर्ने विवाहित जोडीहरूले २७ हजार ७ सय डलरसम्म स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाएर कर योग्य आय कम गर्न सक्नेछन्, जुन गतबर्षको तुलनामा १८ सय डलरले बढी हो । त्यस्तै एकल व्यक्तिले १३ हजार ८ सय ५० डलरसम्म स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाएर कर योग्य आय कम गर्न सक्नेछन्, जुन गतबर्षको तुलनामा ९ सय डलरले बढी हो । घरमूलीको हकमा २० हजार ८ सय डलरसम्म स्टाण्डर्ड डिडक्सन अन्तरगत घटाउन सकिनेछ । जुन गतबर्षको तुलनामा १४ सयले बढी हो ।

तपाईंले स्टक वा क्रिप्टोकरेन्सी लगायतका कुनै लगानी बेच्नुहुन्छ, तपाईंले नाफा रकमको कर तिर्नुपर्छ। छोटो अवधिको पुँजीगत लाभलाई सामान्य आयको रूपमा कर लगाइन्छ। सामान्यतया एक वर्ष भन्दा बढीको लागि राखिएको सम्पत्तिहरूको बिक्रीमा लागू हुने दीर्घकालीन लाभहरू या त कर मुक्त हुन्छन् वा १५ वा २० प्रतिशत मा कर लगाइन्छ। यो करदाताको फाइलिङ स्थिति र कर योग्य आयमा आधारित हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२३ को लागि दीर्घकालीन पूँजीगत लाभको लागि आय थ्रेसहोल्ड लगभग ७ प्रतिशतले बढेको थियो, जसले ब्राकेटसँग पनि म्याच गराउनुपर्छ । उदाहरणका लागि गत वर्ष ८३ हजार ३ सय ५० सम्म आम्दानी हुने एक विवाहित जोडीले पूंजीगत लाभमा कुनै पनि कर तिर्न पर्दैनथ्यो भने यो बर्ष ८९ हजार २ सय ५० सम्म आम्दानी हुने दम्पत्तिले पूंजीगत लाभमा कुनै पनि कर तिर्न पर्दैन । एकलको हकमा ४४ हजार ६ सय २५ डलरसम्म आम्दानी हुने र घरमुलीको हकमा ५९ हजार ७ सय ५० सम्म आम्दानी हुनेहरुले पूंजीगत लाभमा कुनै पनि कर तिर्न पर्दैन ।

त्यस्तै अर्नड इन्कम ट्याक्स क्रेडिटले धेरै कम देखि मध्यम आय भएका कामदारहरू र परिवारहरूलाई उनीहरूले तिर्नुपर्ने करहरू घटाउन र केही अवस्थामा तिनीहरूको फिर्ती बढाउन मद्दत गर्छ। क्रेडिट निर्धारण गर्न आय र बच्चाहरू जस्ता धेरै कारकहरू प्रयोग गरिन्छ, तर बच्चा नभएका मानिसहरू अझै पनि योग्य हुन सक्छन्।

२०२३ का लागि अर्नड इन्कम ट्याक्स क्रेडिटको तालिका

अर्नड इन्कम ट्याक्स क्रेडिट मा यस वर्षको लागि मुद्रास्फीति समायोजन पनि हुनेछ, त्यसैले तपाईले अर्नड इन्मक ट्याक्स क्रेडिट अन्तरगतको रकम अलि बढी बनाउन सक्नुहुन्छ र अझै पनि रिफण्डको राम्रो रकम पाउन सक्नुहुनेछ । तीन वा सोभन्दा बढी योग्य बच्चाहरू भएका परिवारहरूका लागि अनुमति दिइएको अधिकतम क्रेडिट  २०२२ मा ६,९३५ बाट यस वर्ष ७,४३० पुग्नेछ।

गत बर्ष ट्याक्स फाइल गर्नेहरुले १६ हजार ४ सय ८० भन्दा कम आम्दानी भएका एकलले अर्नड इन्कम ट्याक्स क्रेडिट अन्तरगत ५६० डलर क्रेडिट पाएकोमा आगामी बर्ष १७ हजार ६ सय ४० भन्दा कम आम्दानी भएका एकलले ६ सय डलर क्रेडिट पाउनेछन् ।

त्यस्तै ट्याक्स बर्ष २०२३ का लागि अन्य केही महत्वपूर्ण परिवर्तनहरु पनि गरिएका छन् । जस्तै २०२२ मा विदेशमा कमाएको १ लाख १२ हजार डलरसम्मको रकममा कर तिर्न नपर्ने व्यस्था रहेकोमा करबर्ष २०२३ मा १ लाख २० हजार डलर सम्मको रकममा कर तिर्नुपर्नेछैन । अर्थात् आगामी बर्ष कर फाइल गर्नेले १ लाख २० हजार डलर सम्म विदेशमा गरेको आम्दानीमा अमेरिकामा कर छुट पाउनेछन् ।

त्यस्तै उपहारहरूको लागि वार्षिक छुट गत वर्ष १६ हजार रहेकोमा यो बर्ष बढेर १७ हजार पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com