नयाँ वर्ष : नयाँ सोच र जिम्मेवारी


प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार

‘नयाँ’ शब्द आफैँमा खुसी, उत्साह र रहस्यले भरिएको हुन्छ । नयाँ वर्ष आजदेखि सुरु भएको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । नेपालमा खास जाति विशेषका बेग्लै नयाँ वर्षहरू मनाइँदै आइए पनि विक्रम संवत् नै सबै नेपालीको साझा बन्दै आएको छ । विक्रम संवत् हिन्दू पञ्चाङ्गमा आधारित राष्ट्रिय पात्रो हो । जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ ।

विक्रम संवत् अङ्गे्रजी पात्रोभन्दा झन्डै ५६ वर्ष आठ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह, नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विश्वका सबै मुलुकमा एउटा नयाँ वर्ष हुन्छ र सबैको भलो होस् भन्ने भावनाका साथ नयाँ वर्ष मनाउने चलन हुन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा विश्वभर छरिएर रहेका नेपालीहरुले एक आपसमा शुभकामना दिन सुरु गरिसकेका छन् । विशेषतः आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन, घुमफिर र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिन्छ । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने र विभिन्न शक्तिपीठमा दर्शन गर्ने पनि चलन छ ।

नयाँ सोच

हामीसँग २०७९ सालले बिदा लिएको छ । वर्षले बिदा लिइरहँदा वर्षभरि भए/गरेका घटनाको स्मरण गर्ने र समीक्षा गर्ने पनि गरिन्छ । वर्षभरि हामले के कस्ता काम ग¥यौँ ? कति सफल भयौँ, कति असफल ? के कस्ता चुनौती आइलागे ? ती चुनौती पार गर्न के कस्तो पहल ग¥यौँ ? थप सफलताका लागि के गुर्नपथ्र्यो ? के गर्नुपर्छ आदि जस्ता विषयको गहन मनन, समीक्षा गर्नुपर्छ भन्ने लाग्दछ । स्वयंले स्वयं (बानी/व्यहोरा) को समीक्षा गर्न पनि जरुरी छ । साथै आगामी कामको योजना बनाउने र पूरा गर्न प्रतिबद्धता गर्ने दिन पनि हो आज ।

नयाँ वर्ष भन्ने बित्तिकै नयाँ जोस, नयाँ सोच र नयाँ उमङ्ग थपिनु स्वाभाविक हो । त्यसमाथि मानिस आशावादी हुन्छ । आशाले भविष्य निर्माणलाई सघाउन मद्दत गर्छ । जीवनलाई डो¥याउन विगत बिर्सेर भविष्यप्रति आश्वस्त हुनैपर्छ । सुन्दर भविष्य निर्माणका लागि थुप्रै काम गर्नुपर्ने हुन्छ । धेरैले आफ्नो कार्य योजना, कार्यान्वयनको स्पष्ट खाका र त्यो पूरा गर्ने सपना बुनेका हुन्छन् । त्यति मात्रै होइन, नयाँ वर्षमा एकले अर्कोलाई ती सपना पूरा होऊन् भन्ने कामना गर्ने पनि गरिन्छ । त्यो कामना लागू गर्न स्वयं क्रियाशील हुन भने जरुरी छ । भनिन्छ– ईश्वरले पनि ‘तँ आँट म पु¥याउँछु भन्छन् रे’ । तसर्थ नआँटीकन/नगरीकन केही पूरा हुँदैन । सुन्दर भविष्यको कल्पना र त्यो साकार गराउने सोच स्वयम्मा ल्याउन जरुरी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ वर्षको स्वागत गरिरहँदा निराशा, आक्रोश र नकारात्मक सोचलगायतका प्रवृत्ति त्याग्नु पर्दछ । काम गर्न सबैले जानेका हुन्छन् तर कुन सोच/तरिका (फरकपन) ले गर्ने भन्ने कुरा नै महत्वपूर्ण हुन्छ । नयाँ सोच र फरक तरिकाले काम गर्ने नै सफल व्यक्ति बनेको उदाहरण पाइन्छ । नयाँ सोचले नै जीवन जिउने भरपर्दो कला सिकाउँछ । त्यसैले नयाँ वर्षलाई सबैले सकारात्मक सोचका साथ स्वागत गरौँ, अवलम्बन गरौैँ । यसले वर्षभर नयाँ सोच सिर्जना गर्न र आपसमा सद्भाव कायम राख्न मद्दत पुग्नेछ भन्ने कामना गरौँ ।

नयाँ जिम्मेवारी

नयाँ समयले नयाँ चुनौतीसँगै नयाँ जिम्मेवारी पनि दिन्छ । शुभकामना दिनुलाई सामान्य अर्थमा लिइए पनि यसको गहन अर्थ र व्यापकता छ । शुभकामना आदन–प्रदानलाई अचेल बढ्ता औपचारिकता दिएजस्तो देखिए पनि यसले वास्तवमा जिम्मेवारीबोध गर्न उद्यत गराउँछ । शुभकामना दिने र लिने विषय मात्र हैन, यसलाई जिम्मेदारीका साथ मनन गर्ने, कार्यान्वयन गर्ने आँट पनि देखाउनु पर्दछ । काममा शुभ हुन् या शुभ बनाउनका लागि शुभ काम गर्न जरुरी छ ।

नयाँ वर्षलाई स्मरणीय र ऐतिहासिक बनाउन हरेकमाझ चुनौतीसँगै अवसर पनि छन् । अनेकन आरोह अवरोहबीच हरके मान्छेलाई अवसरहरु आइरहन्छन् । तथापि तिनलाई चिन्न र छोप्न सक्नुपर्दछ । त्यस्तै अवस्था अहिले नेपालीमाझ छ । परिस्थितिले हामीलाई नयाँ र महत्वपूर्ण अभिभारा दिएको छ । देश आर्थिक सङ्कटोन्मुख छ । नयाँ सरकार निर्माणसँगै केही आशा गरिए पनि निराशाको चाङ भने घटिसकेको छैन । कठिन घडीमै मान्छेको मूल्याङ्कन हुन्छ । समयको परिवर्तनलाई आत्मसात् गर्न सके मात्रै देश, सरकार र नागरिकले आफूलाई स्थापित गराउन सक्छन् । राजनीतिक नेतृत्वले मात्र हैन, हरेक नागरिकले यतिबेला कुशल नेतृत्व क्षमता र जिम्मेदारिता देखाउनुपर्ने आवश्यकता छ ।

असन्तुष्टिलाई आशामा बदल्ने काम सरकार र दलका नेताहरुको मात्र हैन, हामी सबैको हो । हाम्रो समस्या हामी आफैँले समाधान गर्ने हो । जहाँ समस्या छ, त्यहीँ समाधान पनि हुन्छ । त्यहीँबाट संवादको थालनी गर्नुपर्छ । बाहिरबाट समस्याको समाधान खोजिनु हुँदैन । घरभित्रको समस्या घरभित्रै खोजिए । त्यसले दिगो र परिपक्व समाधान दिन सक्छ । बाहिरबाट खोजिएको समाधान राष्ट्रिय स्वार्थसँग मेल नखाने सम्भावना रहन्छ । हिजो दश वर्षको सशस्त्र युद्धको समाधान आन्तरिक रुपमै खोजिएको उदाहरण हामीसँग छ । आपसी विश्वास र सहकार्य बिना राजनीतिले निकास पाउँदैन, जनताले विकास पाउँदैनन् । जहाँ इच्छा त्यहीँ उपाय भने झैँ समस्या समाधान गर्ने चाहना राख्न सक्नुपर्छ । सबैले आ–आफनो दायित्व र जिम्मेवारी सम्झिनुपर्ने हुन्छ । हरेकमा जनता र देशप्रतिको दायित्वबोध हुन जरुरी छ । नयाँ वर्षले हामी सबैलाई नयाँ जिम्मेवारी बहन गर्ने सोच र शक्ति देओस् ।

अन्तमा

समय परिवर्तनशील छ । हाम्रो जीवन पनि परिवर्तित छ । मान्छे स्वयं पनि परिवर्तनकारी हो । राजनीति पनि परिवर्तित छ । आजको पुस्ताले विभिन्न राजनीतिक परिवर्तनहरु भोगेको छ । तर पनि धेरैको जीवन पद्धतिमा खास परिर्वतन भएको पाइएको छैन् । महिनासँगै वर्ष फेरिए तर धेरैको जीवन फेरिएको छैन । जनता सधैँ परिवर्तनको पक्षधर भए पनि परिवर्तनको अनुभूत गर्न सकिरहेका छैनन् । जो कोही पनि भविष्यप्रति आशावादी हुन्छ, हुनै पर्छ । तथापि, त्यो आशालाई विश्वासमा रुपान्तरण गर्ने काम राजनीतिक दल र सरकारको हो । असल राज्य प्रणालीको हो ।

राजनीतिक दलहरुबीचमा थुप्रै असहमति होलान् । तर शान्ति/सुरक्षा, नागरिकअधिकार, सामाजिक विकास जस्ता आधारभूत सवालमा दल र नेतागणले साझा धारणा बनाउन सक्नुपर्छ । सरकार र दलका राम्रा काममा नागरिकले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउनुपर्छ । दैनिकी जीवनमा असर पर्ने खालका आन्दोलन/गतिविधि कहीँ कतैबाट पनि हुनु हुँदैन । यस्ता गतिविधिले पश्चाताप/क्षति सिवाय केही दिँदैन । विगतका गल्ती कमजोरीलाई सच्याउँदै आइन्दा नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुपर्दछ । नयाँ वर्ष २०८० सबैका लागि सुखद होस्– यही शुभकामना । (लेखक शुक्रऋषि चौलागाई नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष हुनुहुन्छ ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com