नेपालगञ्जका होटल व्यावसायी विस्थापित हुने खतरा !


प्रकाशित मिति : चैत्र २९, २०७९ बुधबार

कारोबारमा मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने सम्भावना रहेको छ । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको अवस्थामा विस्थापित हुने प्रवल सम्भावना रहेको बताउनुभयो ।

एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोेतिर लगानी गर्ने वातावरणसमेत नभएको हुँदा व्यवसायी दिनप्रतिदिन मर्कामा पर्न थालेको उहाँले बताउनुभयो । नेपालगञ्जमा साना, मझौला र ठूला गरेर सात सय होटेल छन् । त्यसमध्ये पाँच सय व्यवसायीले मात्र नवीकरण गरेका छन् ।

नेपालगञ्जका एक होटेल व्यवसायी विस्थापित भएको उहाँले बताउनुभयो । “उहाँ नेपालगञ्जको ठूलो होटेल व्यवसायीमध्येको एक हुनुहुन्थ्यो, कोभिडपछि बिस्तारै उहाँको व्यापार घट्दै गयो, होटेल चल्न छाडेपछि आम्दानी हुने कुरै भएन, आम्दानी नभएकै कारण उहाँले भाडा तिर्न नसकेर अहिले विस्थापित नै हुनुप¥यो”, अध्यक्ष खड्काले भन्नुभयो ।

विगत २५ वर्षदेखि होटेल व्यवसायीका रुपमा चिनिँदै आउनुभएका खड्काले पहिलाको तुलनामा ४० प्रतिशतले व्यवसायमा ह्रास आएको बताउनुभयो । “मैलै विगत २५ वर्षदेखि यही व्यवसाय गर्दै आएको छु, यो २५ वर्षमा जुन गिरावट अहिले भएको छ, त्यो योभन्दा पहिला कहिल्यै भएको थिएन, अहिले मैले मासिक होटेल भाडा ६६ हजार तिर्ने गरेको छु, मेरो आम्दानी दिनप्रतिदिन घट्दै गइरहेको बेला कसरी भाडा तिर्ने ?”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष खड्काले व्यवसायीलाई माथि उठाउन नेपाल सरकारले बैंकसँग सहकार्य गरेर बढेको ब्याजदर घटाइ दिने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले आर्थिक मन्दी चलिरहेकै समयमा घरधनीले पनि घर भाडा बढाउनुको साटो भाडा घटाइ दिए व्यवसायीलाई धेरै राहत हुने पनि बताउनुभयो ।

नेपालगञ्जका मुख्य बजार क्षेत्रमा दिनप्रतिदिन सटर खाली हुन थालेका छन् । कोभिड–१९ को मारमा परेका व्यापारी गत फागुनदेखि यता झनै मारमा पर्न थालेका हुन् । गोदाम र पसलमा लाखौँका सामान मौज्दात छन् तर कारोबार ठप्प हुँदै गइरहेकाले आफूहरु मारमा परेको व्यापारी बताउँछन् ।

व्यापार सुक्दै गएपछि निकै सस्तो मूल्यमा पसल तथा रेस्टुरेन्ट बिक्री गर्न खोज्दा पनि किन्ने मान्छे भेट्न नसकिएको गुनासो गर्दै होटेल व्यवसायी रामु सेन्चुरी भन्नुहुन्छ, “दुई वर्षदेखि होटल बेच्नका लागि ग्राहक खोज्दा पनि पाइएको छैन, अहिलेको समयमा पसल किन्ने ग्राहक भेट्टाउनु पनि गाह«ो छ ।”

यसै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले साना लगानीका व्यवसायीलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यविधिसमेत बन्न नसकेको बताउनुभयो । कोभिड–१९ र त्यसपछि उब्जिएको आर्थिक सङ्कटले नेपालगञ्जको अर्थतन्त्र धराशयी बनाएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो ।

“लगानी नगरिरहेको बैंकले चर्को ब्याजदरसहित ऋण तिर्न ताकेता गरिरहन्छन्, यो कुराले हामी व्यापारी निकै नै मर्कामा परेका छौँ, व्यापार घट्दै गएका बेला यस्तो कुरा झेल्नुभन्दा पसल नै बिक्री गर्न उचित लागेर धेरै व्यापारी विस्थापितसमेत भइसकेका छन्”, उहाँले भन्नुभयो ।

सङ्घका महासचिव चिरञ्जीवी ओलीले सरकारका तर्फबाट मर्कामा परेका व्यवसायीलाई देखिने गरी कुनै राहत पुग्न नसकेको बताउनुभयो । उहाँले व्यापारी मर्कामा पर्नाका कारण केवल बैंकको ब्याज तिर्न नसकेर मात्र नभइ सरकारले पूँजीगत खर्चलाई द्रुत गतिमा अघि बढाउन नसकेको बताउनुभयो । नेपालगञ्जमा २० प्रतिशत भाडाका सटर बन्द भएको उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com