कान समातेर उठबस गर्दा दिमाग तेज हुने


प्रकाशित मिति : चैत्र २४, २०७९ शुक्रबार

photo of head bust print artwork

Photo by meo on Pexels.com

कान समातेर दैनिक तीन मिनेटमात्र उठबस गर्दा दिमाग तेजिलो हुने साथै अटिजम भएका बालबालिकाको लागि समेत निकै फलदायी हुने पुष्टी भएको छ । दाया हातले बायाँ कानको लोती र बायाँ हातले दायाँ कानको लोती समातेर उठबस गर्ने अभ्यासलाई सुपर ब्रेन योगाको नाम दिइएको छ ।
इन्टरनेशनल जर्नल अफ साइन्स एन्ड कन्सियसनेसमा प्रकाशित एक अध्ययनका अनुसार यो एक प्रकारको व्यायाम हो जसले मस्तिष्कको संज्ञानात्मक कार्य र यसको विकासलाई सुधार गर्न सिद्ध हुन्छ जब बच्चाहरूले क्रस तरिकाले कान समातेर उठबस गर्छन्।

यो स्मरणशक्ति सुधार गर्न मस्तिष्क को लागी एक व्यायाम हो। नेपाल र भारतको पुरातन दिनहरूमा यो अभ्यास विद्यार्थीहरूलाई गल्ती गर्दा सजायको रूपमा निर्धारित गरिन्थ्यो। वैदिक संस्कृतिमा, विद्यार्थीहरूलाई दण्ड दिइन्थ्यो जसले अन्ततः उनीहरूको शारीरिक र मनोवैज्ञानिक विकासमा फाइदा पुर्‍याउँछ।

जिब्रोलाई मुखभित्रको माथिल्लो भागतिर फर्काएर, दायाँ हातले बायाँ र बाँया हातले दायाँ कान समातेर हरेक दिन १५ देखी २० पटकसम्म उठबस गरेर यो योगा गर्न सकिन्छ । यो योगा गर्ने क्रममा बस्दा स्वास लिने र उभिदा स्वास बाहिर फ्याक्ने गर्नुपर्छ । यो योगा गर्दा दिमाग तेजिलो हुनुका साथै केन्द्रीकरण क्षमता बृद्धि हुने विश्वास गरिएको छ ।

यसरी योगा गर्दा स्मरण शक्ति गुमाउने, पागलपन, अल्जाइमर जस्ता रोग लाग्नबाट बच्न सकिने साथै मानसिक शक्ति बृद्धि हुने, निर्णय क्षमता बढ्ने र ध्यान केन्द्रीत गर्नमा मद्दत पुग्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युुनिभर्सिटी अफ क्यालिफोर्नियाका डाक्टर जोइ जोन्सले यसबारेमा अनुसन्धान गरेका थिए । उनले पनि यो योगा दिमाग तेजिलो बनाउन फाइदाजनक रहेको निष्कर्ष निकालेका छन् । तर यो योगा गर्दा जवानले पूर्वतिर र बृद्ध उमेरकाले उत्तरतिर फर्केर गर्न सुझाव दिइएको छ । अमेरिकाका केही चिकित्सकहरुले पनि यस्तो अभ्यासका लागि आफ्ना बिरामीहरुलाई परामर्श दिदै आएका छन् । अपांगता भएका बालबालिकाको रेखदेख गर्ने स्थानहरुमा पनि यो अभ्यास गरिन थालिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com