राष्ट्रपति पौडेल अस्पताल भर्ना


प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार

 

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

‘सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनुभएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com