कुन दलबाट को–को बन्दैछन् मन्त्री ?


प्रकाशित मिति : चैत्र १६, २०७९ बिहीबार

लोकतान्त्रिक वाम गठवन्धन काठमाडौँ क्षेत्र नं २ द्वारा बिहीबार कोटेश्वर जडिबुटीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर ः रत्न श्रेष्ठ, रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले दलहरूलाई दिउँसो १ बजेभित्र मन्त्री बन्नेहरूको नामावली बुझाउन आग्रहसमेत गरिसकेका छन् ।

दलहरूको नामावली आएपछि दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह हुने प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ वटा मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्दै आएका छन् । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएपछि ती मन्त्रालय रिक्त रहेका हुन् ।

अहिले सरकारमा ४ मन्त्री मात्रै छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । तर, सत्ता साझेदार दलहरूबीच केही मन्त्रालयमा कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सत्ता साझेदार दलहरूबीच नेपाली कांग्रेसले ८, नेकपा (माओवादी केन्द्र)ले ५, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले २–२, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले एक–एक मन्त्रालय पाउने सहमति भएको छ ।

कुन दलबाट को बन्दैछन् मन्त्री ?
सत्ता साझेदार दलमध्ये प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालयसहित सरकारमा सहभागिता जनाउँदै छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ ।

कांग्रेसबाट खड्कासहित उपसभापति धनराज गुरूङ, नेताहरू रमेश रिजाल, एनपी साउद, सीता गुरूङ, डिगबहादुर लिम्बू, मोहनबहादुर बस्नेत मन्त्री बन्ने सम्भावना उच्च छ ।

एकीकृत समाजवादीले शिक्षा र भौतिक पूर्वाधार मन्त्रालय लिने भएको छ । प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री र बेदुराम भुसाल शिक्षा मन्त्री बन्ने भएका छन् । लोसपाबाट शरतसिंह भण्डारी र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता चौधरीको नाम चर्चामा छ ।

त्यस्तै, सत्ता गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेको छ । प्रधानमन्त्रीसहित गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय माओवादीले नेतृत्व गर्ने भएको छ ।

भौतिक, पूर्वाधार तथा याताया मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ । उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।

माओवादीबाट अहिले सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री सुदन किराती छन् । माओवादीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने कांग्रेसले लिने भएको छ । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई अर्को मन्त्रालय दिने प्रधानमन्त्री प्रचण्डको छ ।

जसपाले लिने २ वटा मन्त्रालयको भने टुंगो लागिसकेको छैन । जसपाले मन्त्रीको नाम टुंगो लगाउने जिम्म अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव मन्त्री बन्ने भएका छन् । उनलाई दिने मन्त्रालयबारे टुंगो लागिसकेको छैन ।

त्यस्तै, आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि मन्त्री बन्दैछन् । उनको पनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com