युएससीआईएसले आवेदन वा जवाफ प्राप्त गर्ने डेडलाइनबारे आजदेखि लागु हुनेगरी नयाँ अपडेट


प्रकाशित मिति : चैत्र १५, २०७९ बुधबार

युएससीआईएसले आफ्नो नीति नियमावलीमा अपडेटको घोषणा गर्दै कुनै अध्यागमन सुविधाको अनुरोधका लागि फाइल गर्ने वा प्रमाणको लागि अनुरोधको जवाफ दिने अन्तिम दिन शनिबार, आइतवार, वा संघीय बिदामा परेमा के गर्ने भन्ने विषयमा अपडेट गरेको छ । कुनै आवेदन फाइल गर्ने वा थप कागजातको माग आरएफई, आवेदन अस्वीकार गर्ने आशयको सुचना एनओआईडी लगायतका सन्दर्भमा जवाफ पठाउने अन्तिम दिनमा विदा परेमा अर्को विजनेश दिनमा प्राप्त आवेदनलाई समयमै प्राप्त भएको मानिने युएससीआइएसले जनाएको छ ।

यद्यपि, इलेक्ट्रोनिक रूपमा पेस गरिएका आवेदन वा जवाफका सन्दर्भमा बुझाएपछि तुरुन्तै प्राप्त हुने ठानिनेछ । इलेक्ट्रोनिक रूपमा पेश गर्न मिल्ने कागजातका सन्दर्भमा भने त्यस्ता आवेदन युएससीआईएसले संघीय विदामा समेत प्राप्त गर्छ । नयाँ नीति तुरुन्तै प्रभावकारी हुने जनाइएको छ । मार्च २९ मा वा सो पछि प्राप्त भएको आवेदन वा जवाफका सन्दर्भमा यो नीति लागू हुनेछ ।

अमेरिकामा निश्चित अध्यागमन लाभ अनुरोधकर्ताहरूले एक निश्चित फाइलिङ अवधि भित्र लाभ अनुरोध फाइल गर्नुपर्छ । लाभग्राहीको उमेरको सिमा लगायतका अन्य कैयन कुराहरुले समेत यसमा प्रभाव पार्छ । उमेरका सिमाका सन्दर्भमा कतिपय आवेदनहरु लाभग्राहीको निश्चित जन्ममिति भन्दा अगाडि फाइल गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा पनि उक्त जन्ममिति संघीय विदामा परेको खण्डमा त्यसपछिको विजनेश डेमा प्राप्त आवेदनलाई समयमै प्राप्त भएको मानिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com