पदमार्ग बनेपछि ऐतिहासिक ढोलठानको स्वरुप फेरियो


प्रकाशित मिति : चैत्र १४, २०७९ मंगलबार

कुनैबेला पर्वत राज्यको राजधानी मानिएको ढोलठानस्थित पुरातात्विक महत्वको राजदरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि अवलोकन गर्न पर्यटकको आवागमन बढ्न थालेको छ ।तत्कालीन पर्वते राजा घनश्याम मल्ल र उनका छोरा मलेबम मल्लको गर्मीयामको राजधानी भएको ढोलठान दरबारसम्म पुग्न पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको हो । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको शिरमा अवस्थित उक्त दरबारसम्म वडाकार्यालयको लगानीमा सडक स्तरोन्नतिका साथै पदमार्ग र प्रतिक्षालय निर्माण गरिएको छ ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको दरबार संरक्षण गरी ऐतिहासिक र पर्यटकीयस्थलको रुपमा विकास गर्न वडा कार्यालयले पूर्वाधार निर्माणमा जोड दिएको वडा नं ९ का वडाध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार चमच्चा डिलदेखि ढोलठासम्म करिब छ सय मिटर पदमार्ग निर्माण गरिएकाले स्थानीयवासीलाई समेत आवातजावत गर्न सहज भएको छ । गत आर्थिक वर्षमा वडा कार्यालयले सडक स्तरोन्नतिका लागि रु नौ लाख, पदमार्ग निर्माण लागि रु चार लाख र प्रतिक्षालय बनाउन रु दुई लाख गरी रु १५ लाख उपलब्ध गराएकाले पूर्वाधार निर्माण गरिएको वडा अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

‘कहिले राजा ढोलठाना, कहिले राजा बेनीमा’ यो लोककथन अझै पनि उत्तिकै प्रचलित छ । बाइसी र चौबिसी राज्यकालमा चौबिसी राज्यअन्तर्गतको ‘मलेबम प्रदेश’का नामले चिनिएको १६ हजार पर्वत राज्यको ग्रिष्मकालीन राजधानी ढोलठान ऐतिहासिक, सामरिक र पर्यटकीय दृिष्टले पनि उत्तिकै महत्वपूर्ण रहेको पुलाचौरस्थित जनकल्याण माविका शिक्षक शिव बानियाँले बताउनुभयो ।

विसं २०७७ को मदन पुरस्कार प्राप्त गर्न सफल साहित्यकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘महारानी’ उपन्यास तत्कालीन राजधानी ढोलठान र बेनीलाई नै आधार बनाएर लेखिएको हो । उक्त उपन्यास प्रकाशित भएपछि यस ठाउँको बारेमा जानकारी लिने र चासो राख्ने बढेका वडाध्यक्ष केसीले बताउनुभयो । यहाँ तत्कालीन राजाहरुले पूजा गर्ने पुरातात्विक सम्पदासहितको पुरानो मन्दिर र विभिन्न हातहतियारसमेत छन् । यहाँबाट धवलागिरि, अन्नपूर्ण, निलगिरीसहित दर्जनौँ हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका दर्जनौँ गाउँ देख्न सकिने स्थानीय राजन चोखालले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समथर भाग, शिरशिर चल्ने चिसो हावा, तत्कालीन रानी बसेर ऐना हेर्दै कपाल कोर्ने स्थान (थुम्को), र एतिहासिक मन्दिरको भग्नावशेषसमेत रहेकाले अवलोकनका लागि यहाँ आउने पर्यटक रमाउने गरेका उहाँको भनाइ थियोे । पर्यटकले उक्त दरबार अवलोकनसँगै स्थानीय प्राङ्गारिक खाना, विभिन्न जातजातिको कला–सँस्कृति रैथाने जीवनशैलीसमेत अवलोकन गर्न पाउने पत्रकार प्रताप बानियाँले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत ४५ मिनेट र पैदल करिब तीन घण्टामा यहाँ पुग्न सकिन्छ ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com