भिजिटर भिसामा अमेरिका आएकाले काम खोज्न र अन्तरवार्ता दिनसक्ने युएससीआईएसबाट प्रष्ट


प्रकाशित मिति : चैत्र १२, २०७९ आईतबार

बी वान वा बी टु भिजिटर भिसामा आमेरिका आएकाहरुका सन्दर्भमा रोजगारीसम्बन्धी नियमबारे युएससीआईएसबाट स्पष्ट पारेको छ । युएससीआईएसले बी वान वा बी टु स्थिति भएका व्यक्तिहरूको लागि रोजगारीसम्बन्धी नियमहरू स्पष्ट पार्दै भिजिटर भिसामा आएका व्यक्तिहरूलाई अमेरिकामा रोजगार खोज्न र पदको लागि अन्तर्वार्ता गर्न अनुमति रहेको स्पष्ट पारेको छ ।

यो नयाँ नियम होइन, विद्यमान नियमबारे नै युएससीआईएसले प्रष्ट पारेको हो । यो नियमको लामोसमयदेखि अभ्यास हुँदै आएको छ । अर्थात् भिजिटर भिसामा अमेरिका आएकाहरुले विभिन्न कामदार भिसामा स्थीति परिवर्तन गर्नुका साथै रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्दै आएका समेत छन् ।

यद्यपि बी वान भिजिटर भिसामा हुनेहरुलाई घरेलु श्रम बजार भित्र कुनै पनि रोजगारीमा संलग्न हुन वा बी टु भिसामा हुनेलाई कुनै पनि रोजगारीमा संलग्न हुन भने निषेध गरिएको छ। उनीहरुले रोजगारीमा संलग्न हुनका लागि आफ्नो भिजिटर भिसा कामदार भिसामा परिवर्तन गर्न जरुरी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै पनि नयाँ रोजगारी सुरु गर्नु अघि भिजिटर भएका व्यक्तिहरूले भिजिटर भिसाबाट कामदार भिसामा स्थीति परिवर्तनको लागि स्वीकृति प्राप्त गर्नुपर्छ। व्यक्तिले काम सुरु गर्नु अघि नयाँ भिसा स्टाटस प्रभावकारी हुनुपर्छ।

यदि भिसा स्टाटस परिवर्तन अनुरोध अस्वीकार गरिएको खण्डमा वा नयाँ रोजगारीका लागि आवेदनमा कन्सुलर वा पोर्ट अफ इन्ट्री सूचना आवश्यक भएको खण्डमा व्यक्तिले अमेरिका छोड्नु पर्छ र नयाँ रोजगारी सुरु गर्नु अघि सम्बन्धित कामदार भिसामा अमेरिकामा आउनुपर्छ ।

भिजिटर भिसामा हुँदा नयाँ जागिर खोज्ने क्षमताको बारेमा धेरै व्यक्तिहरूले उठाएका प्रश्नहरूको जवाफमा युएससीआईएसले यो नियमबारे स्पष्ट पारेको हो । युएससीआईएसले व्यक्तिहरूलाई कुनै पनि कानुनी जटिलताबाट बच्नको लागि रोजगारी सम्बन्धी नियम र नियमहरूको पालना गर्न प्रोत्साहित गरेको छ ।

याद गर्नुहोस्, भिजिटर भिसामा भएका व्यक्तिहरूलाई जागिर खोज्न र पदको लागि अन्तर्वार्ता गर्न अनुमति दिइएको भएतापनि तिनीहरूले स्थिति परिवर्तनको लागि स्वीकृति प्राप्त नगरेसम्म कुनै पनि काममा संलग्न हुनु हुँदैन। यी नियमहरूको उल्लङ्घनले अमेरिकाबाट देशनिकाला र अमेरिकामा भविष्यमा प्रवेशमा प्रतिबन्ध लगायतका कानुनी जटिलताहरु निम्त्याउन सक्छ ।

अमेरिकी रोजगारदाताले विभिन्न प्रकारका कामदार भिसाका लागि युएससीआईएस समक्ष आवेदन दिन सक्छन् । यस्ता कामदार भिसाहरु स्वीकृत हुनका लागि लामो प्रकृया हुनेगर्छ । यदि भिजिटर भिसामा रहेको व्यक्ति उक्त आवेदन स्वीकृत नहुँदासम्म वा उक्त कामदार भिसामा स्थीति परिवर्तन नगर्दासम्म गैर कानुनी उपस्थीति भएमा भने स्थीति परिवर्तन वा स्थीति समायोजनका लागि अयोग्य हुनसक्छ ।

अमेरिकामा विशेष पेशामा हुने र फेसन मोडलहरुका लागि एचवानबी भिसा उपलब्ध छ भने अस्थायी कृषि कामदारका लागि एच टु ए, अस्थायी गैर कृषि कामदारका लागि एच टु बी, गैर आप्रपासी ट्रेनीहरुका लागि एच थ्री, अन्तरकम्पनी ट्रान्सफर एल भिसा, विदेशी संचारमाध्यमका प्रतिनिधिहरुका लाई आई भिसा, असाधारण योग्यता भएकाहरुका लागि ओ वान भिसा, धार्मिक कामदारका लागि आरवान भिसा, कलाकार र खेलाडीका लागि प्रस्तुतीका लागि पी भिसा उपलब्ध छन् ।

त्यस्तै अमेरिकामा रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्नका लागि रोजगारमा आधारित पहिलो देखि पाँचौंसम्मका श्रेणी रहेका छन् । त्यस्तै विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणितमा पेशाकर्मीहरुका लागि एफवान ओपीटी, एच वान बी, ओ वान, एल वान ए, एल वान बी लगायतका विकल्पहरु उपलब्ध छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com