नेपालको ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोनको प्रयोग हुने गरेको छ। शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालको ७२.९४ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोन प्रयोग भएको पाइएको हो। यसबाहेक ७३.१५ प्रतिशत परिवारमा साधारण मोबाइल फोन रहेको तथ्यांकले देखाउँछ।
त्यस्तै नेपालका ३७.७२ प्रतिशत परिवारले इन्टरनेट प्रयोग गरिरहेका छन्।नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार संख्या छ। राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।