धार्मिक सम्पदा जोगाउन महायज्ञ सुरु


प्रकाशित मिति : चैत्र ९, २०७९ बिहीबार

भोजपुरको ऐतिहासिक टक्सारमा रहेको धार्मिकस्थलको संरक्षण र संवर्द्धनमा उचित सहयोग नमिलेपछि जिर्णोद्धारका लागि सप्ताह ज्ञानमहायज्ञ सुरु गरिएको छ ।

टक्सार बजारमा रहेको रणेश्वर शिवालय मन्दिर एक सय वर्ष पुगेको अवसरमा पारेर धार्मिक सम्पदा संरक्षणका लागि आजदेखि ज्ञानमहायज्ञ सुरु भएको आयोजक रणेश्वर महादेव गुठी व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष शिव कार्कीले बताउनुभयो ।

“विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहको पालामा स्थापना भएको टक्सार बजारमा रहेका धार्मिक सम्पदा संरक्षण र संवर्द्धनमा कुनै पनि निकायबाट उचित सहयोग हुन नसक्दा ती सम्पदा जोगाउन हामीले ज्ञानमहायज्ञ नै आयोजन गर्नुप¥यो”, आयोजक रणेश्वर महादेव गुठी व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष कार्कीले भन्नुभयो ।

स्थानीयवासीसमेत पलायन हुने क्रम बढेसँगै अहिले टक्सार बजार क्रमिकरूपमा नाममा मात्र सीमित बन्ने अवस्थामा पुग्दै गएकाले यसलाई पुनः पहिलाकै अवस्थामा फर्काउन सकिन्छ कि भन्ने उद्देश्यले महायज्ञ गरिएको प्रचार–प्रसार समितिका संयोजक घमचन्द्र दाहालले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टक्सार खानी अड्डा स्थापना गरी एकपैसे तथा दुईपैसे, डोली पैसा टकमारी गर्न सुरु गरिएको र सोही पैसा टकमारी गर्न थालिएपछि यसको नाम पनि टक्सार रहन गएको कथन पाइन्छ । टक्सारमा विद्याधरी अजिमा, भीमसेन मन्दिर, श्रीकृष्ण मन्दिर, रणेश्वर शिवालय, राधाकृष्ण, हनुमान मन्दिर, जयेश्वर महादेव, देउराली भगवती, कोट भगवती, करुणामय मन्दिर, शाक्यमुनी विहार, उत्तराभिमुख गणेशलगायतका दर्जनौँं देवदेवीका मठमन्दिर, विहार र चैत्य तथा धारा, पौवा, पाटी छन् । यी सम्पदाहरू उचित संरक्षण र संवर्द्धनको पर्खाइमा रहेको सामाजिक अभियन्ता गणेश प्रधानको भनाइ छ ।

टक्सारमा रहेका ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै यहाँभित्र रहेका धार्मिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको समेत आयोजना गरिएको छ । सप्ताह महायज्ञमा प्रख्यात पण्डित सागर भट्टराई र पण्डित सुदीप सुवेदीले कथावाचन गर्नुका साथै सार्वजनिक सङ्गीतमय कार्यक्रम पनि हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com