युएससीआईएसले यु भिसाका आधारित ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्ने स्थान परिवर्तनको घोषणा गरेको छ । यु भिसा वाहकले अमेरिकाको स्थायी बासिन्दा बन्नका लागि दिइने आवेदन आई ४८५ अब नेब्रास्का सर्भिस सेन्टरमा मात्र पठाउनुपर्ने युएससीआईएसले स्पष्ट पारेको छ ।
भर्मोन्ट सर्भिस सेन्टरमा पठाउने आवेदनहरु अप्रिल १२ भन्दा अगाडिको पोष्टमार्कसहित हुनुपर्नेछ । त्यसपछिको पोष्टमार्कसहितका आवेदनहरु नेब्रास्का सर्भिस सेन्टरमा पठाउनुपर्नेछ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
अप्रिल १२ पछि कसैले भर्मोन्ट सर्भिस सेन्टरकै ठेगानामा आवेदन पठाएमा त्यस्ता आवेदनहरु अस्वीकार गरेर आवेदकलाई नै फिर्ता गरिनेछ । आवेदनमा उल्लेखित सुरक्षित ठेगाना वा जी २८ फर्ममा तोकिएको कानून व्यवसायी वा प्रतिनिधिको ठेगानामा आवेदन फिर्ता पठाइने युएससीआईएसले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।