राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार, रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
रास्वपाले यसअघि पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। माघ २२ गते प्रचण्ड सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत भने कायम राखेको थियो।
पुस १० गते बनेको तत्कालीन ७ दलीय गठबन्धन फागुन १२ गते भत्किएर नयाँ गठबन्धन बनेको थियो। औपचारिक रूपमा रास्वपा नयाँ गठबन्धनमा सहभागी छैन।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै रास्वपा फेरि सरकारमा सहभागी हुने सम्भावना छ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
प्रतिनिधि सभामा अहिले रास्वपाका १९ सांसद छन्।
यसअघि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आजै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।