सभामुख घिमिरेलाई आधारहीन आरोप फिर्ता लिन पत्रकार महासंघको चेतावनी


प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार

नेपाल पत्रकार महासङ्घले सभामुख देवराज घिमिरेको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै आपत्ति जनाएको छ ।

महासङ्घका महासचिव रोशन पुरीले आज प्रेस विज्ञप्ति जारी गर्दै संसद्को मुख्य नेतृत्वबाट पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका  छन् ।

शुक्रबार सङ्घीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा सभामुख घिमिरेले दिएको अभिव्यक्तिप्रति महासङ्घले असन्तुष्टि जनाएको हो ।

सभामुख घिमिरेले भने, ‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्थ्यो, त्यो छैन। पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ। अझ भन्ने हो भने पत्रकारहरू विक्रीमा छन्। सभामुखले संघ विक्रीमा छ भन्यो भन्लान् भनेर मैले यसलाई रोकिरहनु पर्दैन। तपाईंहरूले त्यो भन्नु पनि हुँदैन’ भन्ने अभिब्यक्ति दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विज्ञप्तिमा सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् भएको उल्लेख छ । उक्त अभिव्यक्तिले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासङ्घले गम्भीर चासो र चिन्ता प्रकट गरेको उनको भनाइ छ ।

विज्ञप्तिमा सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासङ्घको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com