आइसिसि लिग-२ क्रिकेट खेल्न सन्दीप लामिछाने युएई प्रस्थान


प्रकाशित मिति : फाल्गुन १७, २०७९ बुधबार

सन्दीप लामिछाने आइसिसि लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा आज दिउँसो प्रस्थान गरेका हुन् । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् । टीममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।

सन्दीपलाई टिममा समावेश गर्न आइसीसीले अनुमति दिइसकेको छ । सन्दिपले बलात्कार गरेको भनेर मुद्धा चलिरहेको अवस्थामा विदेश जान नपाउने गरी धरौटीमा रिहा भएका थिए । तर सर्वोच्च अदालतले विदेश जान पाउने फैसला गरेपनि उनलाई युएइ पठाउन सम्भव भएको हो । लिग २ को त्रिकोणात्मक सिरिजमा भोलिै नेपालले घरेलु टिम युएइसँग खेल्दैछ ।

नेपाल, युएई र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको थियो । युएई भने आफ्नो पहिलो खेलमा पीएनजीसँग १ सय ३१ रनले पराजित भएको थियो । लिग–२ अन्तर्गत नेपाल र युएईले समान ३० औँ खेल खेल्दैछन् । यसअघिका २९ खेलबाट नेपालले २८ अंक जोड्दा युएईको २९ अंक छ । बिहीबारको खेलमा जित हात पार्न सके नेपाल तालिकाको शीर्ष ५ मा उक्लिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com