पोर्चुगलमा बस्ने नेपालीलाई अब ५ दूतावासबाट सेवा, लिस्बनमा पासपोर्ट आवेदन लिन टोली आउने


प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार

पोर्चुगलमा बस्ने नेपालीले अब युरोपका ५ नेपाली दूतावासबाट सेवा पासपोर्ट र कन्सुलर सेवा लिनसक्ने भएका छन् । पेरिसमा रहेको नेपाली दूतावासले वक्तव्य जारी गरी अब पोर्चुगलमा रहेका नेपालीहरुले पेरिसको अतिरिक्त मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपनहेगनमा रहेका नेपाली दूतावासबाट पनि सेवा लिनसक्ने जनाएको छ ।

पोर्चुगलमा बस्दै आएका नेपालीलाई पासपोर्ट र कन्सुलर सेवा प्रवाहमा परेको कठिनायीका सन्दर्भमा परराष्ट्रमन्त्रालयले फागुन ३ गते गरेको निर्णय अनुशार ५ वटा दुतावासबाट सेवा लिन सकिनेगरी नयाँ व्यवस्था गरिएको वक्तव्यमा उल्लेख छ । तर पासपोर्टका लागि तोकिएको प्रकृया पूरा गरी अप्वोइन्टमेन्ट लिएरमात्र दूतावासमा जान सुचित गरिएको छ ।

अन्य कन्सुलर सेवाका सन्दर्भमा खासगरी अधिकृत वारेसनामाका लागि समेत अप्वाइन्टमेन्ट लिएरमात्र दुतावासमा जानुपर्ने जनाइएको छ । पोर्चुगलमा ठूलो संख्यामा नेपालीहरु रहेकोमा अहिलेसम्म पेरिसमा रहेको दूतावासबाटमात्र सेवा लिनुपर्दा निकै कठिनायी हुने गरेको गुनासो आउने गरेको थियो । अझै पनि पोर्चुगलमा रहेका कतिपय नेपालीहरुलाई पोर्चुगलभन्दा बाहिरको मुलुकमा जान समस्या हुने भएकाले पोर्चुगलमा नै पासपोर्ट र कन्सुलर सेवा उपलब्ध हुनुपर्ने माग हुदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोर्चुगलको लिस्बनमा पासपोर्टको आवेदन संकलनका लागि राहदानी विभाग काठमाडौंबाट एउटा टोली पठाउने निर्णय समेत भइसकेको छ । त्यसका लागि आन्तरिक प्रकृयाहरु पूरा भई पोर्चुगल आउने मिति निश्चित भएपछि पेरिसमा रहेको नेपाली दूतावासले त्यसबारे विस्तृत विवरण उपलब्ध गराउने जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com