कसरी घट्यो कांग्रेस नेता डा. चन्द्र भण्डारी निवासमा ग्यास विस्फोटको घटना ?


प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहीबार

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

बिहीबार राति काठमाडौंको बुद्धनगरस्थित निवासमा सिलिन्डर पड्किँदा भण्डारी आमाछोरा गम्भीर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालका अनुसार डा. भण्डारीको अनुहार, दुबै हात र दुवै गोडाहरूमा गरी २५–३० प्रतिशल शरिर जलेको छ ।

भण्डारीको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै अस्पतालले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान अस्पताले सिफारिस गरेको थियो । अस्पताले सिफारिस गरेबमोजिम भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको पुरा भइसकेको छ । भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिँदै छ । उनको मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा उपचार गरिने सचिवालयले जनाएको छ ।

कसरी घट्यो भण्डारी निवासमा घटना ?
कांग्रेसका नेता भण्डारी गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी काठमाडौं–गुल्मी आउँजाउँ गर्न समस्या हुने भन्दै काठमाडौंको बुद्धनगरस्थित उनको भाइको घरमा बस्थे । बुद्धनगरको भाईको घरको तल्लो तलामा चन्द्र र उनकी आमा हरिकला बस्थे भने माथिल्लो तलामा भाइ हरिहरको परिवार बस्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भण्डारी बुधबारको प्रतिनिधि सभाको बैठकपछि राजनीतिक भेटघाट, केही कार्यक्रम र अन्य केही काम सक्काएर राति साढे ९ बजे घर फर्किएका थिए । राति साढे १० बजेतिर ग्यास लीक भएको गन्ध आएपछि आमाले चन्द्रलाई बोलाएकी थिइन् । आमाले बोलाएपछि भण्डारीले के भएको रहेछ भनेर बत्ती बाल्न थालेका थिए । बत्ती बालेर हेर्न खोज्दा स्पार्क निस्केर फैलिएको ग्यासमा आगो सल्किएको र विस्फोट भएको काठमाडौं प्रहरी परिसरले प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रहरीले अरू विषयमा हामी पनि अनुसन्धान गरिरहेको छ ।

ग्याँस लिक भएपछि आगो लागेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । सिलिन्डर भने विस्फोट नभएको पाइएको छ । आगलागीपछि विस्फोटले झ्यालका सिसा फुटेका छन् । आगलागीबाट भण्डारीका आमाले लगाएका सबै कपडा जलेर शरीरका विभिन्न भागमा गहिरो चोट घाउ लागेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com