डा. चन्द्र भण्डारीको परिवारमा बज्रपात, भाई गुमाएको १८ महिना नपुग्दै आमालाई पनि गुमाए


प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहीबार

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

बिहीबार राति काठमाडौंको बुद्धनगरस्थित निवासमा सिलिन्डर पड्किँदा भण्डारी आमाछोरा गम्भीर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा ल्याइएको थियो । डा. भण्डारीको उपचार भइरहेको छ ।

भण्डारीले १८ महिना अघि मात्रै आफ्नै भाईलाई गुमाएका थिए । भण्डारीका भाई डा. शंकर भण्डारीको गत २०७८ साल असार १६ ले सवारी दुर्घटनामा परि निधन भएको थियो ।

शंकरको गतवर्ष रूपन्देहीको देवदह नगरपालिका–१० चरंगेमा बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा निधन भएको थियो । उनी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत थिए । भाइ गुमाएको डेढ वर्षपछि भण्डारीले आफ्नी ८६ वर्षीय आमा हरिकला भण्डारीलाई गुमाउनु परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्यास सिलिन्डर बिस्फोट हुँदा जलेर घाइते भण्डारीको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै अस्पतालले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सिफारिस गरेको छ ।

अस्पताले सिफारिस गरेबमोजिम भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको जनाइएको छ । अस्पतालका अनुसार डा. भण्डारीको अनुहार, दुबै हात र दुवै गोडाहरूमा गरी २५–३० प्रतिशल शरिर जलेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com