काठमाडौँको बालाजु क्षेत्र तनावग्रस्त, यातायात मजदुर सडकमै बस तेर्स्याएर प्रदर्शनमा


प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार

काठमाडौँको बालाजु क्षेत्र आज दिनभर तनावग्रस्त बनेको छ । यातायात व्यवसायी तथा मजदुरहरुले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरेका हुन् । यातायात व्यवसायी र मजदुरहरुले सडकमा टायर बाल्दै प्रदर्शन गर्दा दुई पक्षीय झडपको समेत स्थिति उत्पन्न भएको हो । काठमाडौँ महानगरपालिकासमेतको समन्वयमा बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधानलाई नयाँ बसपार्कमा लगेरमात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।

यातायात मजदुरहरुले प्रहरीको भ्यानसमेत जलाइदिएका छन् । आफ्नो मजदुरलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले दुःख दिएको यातायात मजदुरहरुको आरोप छ । यसअघि यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरुले नेपालको यातायात क्षेत्र मन्त्रालय विहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक प्रहरी आफै ऐनविपरीत चालकहरुको लाइसेन्स निलम्बन गरिरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com