अमेरिकी दूतावास काठमाडौंले आगामी बिहिबार र शुक्रबार पोखरामा अमेरिकी नागरिकलाई ६ सेवा दिने


प्रकाशित मिति : माघ २३, २०७९ सोमबार

अमेरिकी दूतावास काठमाडौंले आगामी बिहिबार र शुक्रबार पोखरामा अमेरिकी नागरिकलाई ६ सेवा दिने भएको छ । अमेरिकी दूतावास काठमाडौंको अमेरिकन सिटिजन सर्भिसेस इकाईका कर्मचारीहरू काठमाडौं फेब्रुअरी ९ र १० मा अमेरिकी नागरिकलाई सेवा प्रदान गर्ने पोखरामा हुने दूतावासले जनाएको छ ।

नियमित सेवा खोजिरहेका सबै अमेरिकी नागरिकहरू, ग्रिनकार्डवाहक र तिनीहरूका परिवारहरू ओपन हाउसमा सहभागी हुन सक्नेछन् । त्यस्तै कुनै प्रश्न उठाउन चाहेकाहरु पनि उपस्थित हुन सक्ने दूतावासले जनाएको छ । तर कार्यक्रमस्थलमा पहुँचको लागि अग्रिम दर्ता आवश्यक रहेको छ ।

अग्रिम दर्ता गर्दा अनुरोध गरिएको सेवाको प्रकार सहित उपस्थित हुन योजना बनाउने प्रत्येक सदस्यको पूरा नाम र राहदानी नम्बरसहित [email protected] मा इमेल गर्नुपर्नेछ ।

नियमित अमेरिकी नागरिक सेवाहरू अन्तरगत पहिलो वयस्क अमेरिकी राहदानीका लागि आवेदन, वयस्क र नाबालिगहरूका लागि अमेरिकी राहदानी नवीकरण, हराएको वा चोरी भएको अमेरिकी राहदानी प्रतिस्थापन, आपतकालीन राहदानीका लागि आवेदनका साथे नोटरी सेवाहरू र नेपालमा अमेरिकी नागरिकहरूका लागि उपलब्ध अन्य विभिन्न सेवाहरूको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ । राहदानी आवेदन स्वीकार गरिनेछ, तर राहदानी काठमाण्डौबाट पिकअप गर्नुपर्नेछ ।

कार्यक्रम नेपाल पर्यटन बोर्डको कार्यालय बैदाम पोखरामा हुनेछ । दिउसो १२ बजेदेखि ४ बजेसम्म सेवा लिन सकिनेछ । शुल्कहरू अमेरिकी डलर वा नेपाली रुपैयाँमा मात्र तिर्न सकिनेछ । १ अमेरिकी डलर बराबर १३५ नेपाली रुपैया तिनुपर्नेछ, जुन घटबढ समेत हुनसक्नेछ ।

डिभी लोटरी र विद्यार्थी भिसा सहित अमेरिकामा गैर आप्रवासी र आप्रवासी भिसाहरूका बारेमा भने त्यहाँ जानकारी उपलब्ध हुनेछैन। त्यहाँ अमेरिकी भिसा सम्बन्धी प्रश्नहरूको जवाफ नदिइने दूतावासले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com