आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिने : मन्त्री शर्मा


प्रकाशित मिति : माघ २३, २०७९ सोमबार

;~rf/ dGqL zdf{ sf7df8f}F, @# df3 M ;~rf/ tyf ;”rgf k|ljlwdGqL /]vf zdf{ ;f]daf/ g]kfn kqsf/ dxf;ª3sf] s]G›Lo sfof{nodf dGtJo JoQm ug'{x’Fb} tl:a/ M d]3gfy kxf8L÷/f;;

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको आयोजनामा आज सञ्चारग्राममा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेको भन्दै पुराना कानुनलाई प्रतिस्थापन गर्दै सरोकारवालाको प्रत्यक्ष सहभागितामा नयाँ कानुन निर्माण गरिने स्पष्ट पार्नुभयो ।

उहाँले महासङ्घलगायत सरोकारवाला संस्थालाई सञ्चारक्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव दिन आग्रह गर्नुभयो । उहाँले सोही आधारमा सुधार गरिदै लैजाने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको विकास र परिवर्तनका लागि आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । “राजनीति र पत्रकारिता अभिन्नरुपमा एक आपसमा जोडिएका छन् । राजनीति र पत्रकारिता जोडिएको थिएन भने देशमा ठूलाठूला परिवर्तन सम्भव पनि थिएन । देशमा भएका राजनीतिक परिवर्तनमा सहकार्य गरेर काँधमा काँध थापेर यहाँसम्म आएको हो”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संसदमा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मा समक्ष आग्रह गर्नुभयो । सरकारले सञ्चारक्षेत्रलाई प्रदान गर्दैआएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्नेमा अध्यक्ष पोख्रेलले जोड दिनुभयो ।

आमसञ्चार प्रतिष्ठान, जेष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासङ्घले दिएको सुझावका आधारमा निर्माण हुनुपर्नेमा उहाँको भनाइ थियो ।

सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले महासङ्घले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले सञ्चार प्रतिष्ठानको स्थापना गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिनुभयो । महासङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार डा महेन्द्र विष्टले प्रविधिको विस्तार र पहुँचसँगै सञ्चारक्षेत्रले जनताको जीवनस्तर माथि उठाउन सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका सल्लाहकार एवम् पूर्वअध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको हितका लागि प्रचलित कानुनका आधारमा विभिन्न कोष स्थापना गर्न मन्त्री शर्मालाई अवगत गराउनुभयो । उहाँले रोजगारमूलक साना लगानीमा मिडिया बन्द हुने अवस्थामा रहेको, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन नभएको भन्दै पत्रकारको वृहत्तर हितका लागि महासंघले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, महासङ्घका सल्लाहकार निर्मला शर्माले राजनीतिक क्षेत्रबाट बेलाबेला आउने अभिव्यक्तिबाट सञ्चार क्षेत्रलाई चुनौती बढेको बताउँदै प्रेममाथि हुने त्यस्ता खाले घटनाले लोकतन्त्रमाथि खतरा रहेको बताउनुभयो ।

नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको विकाससँगै हाल विकास भइरहेको नयाँ मिडियाको नियमन गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार प्रतिष्ठानको तत्काल स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चारगृहको आधारमा पत्रकारको पहिचानको व्यस्था गर्न, सञ्चारसम्बन्धी सरकारका नीतिगत समितिमा महासङ्घको प्रतिनिधित्वलाई कम स्थान दिने थालिएकोप्रति मन्त्री शर्माको ध्यानाकर्षण गराउनुभयो । उहाँले लोककल्याणकारी विज्ञापन, सरकारले सञ्चार क्षेत्रलाई प्रदान गर्ने सहुलियतलगायतमा श्रमजीवी पत्रकारको हितमा व्यवस्था गर्न पनि आग्रह गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com