प्रेम दिवस : सौराहामा खाना महोत्सव हुने


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

पर्यटकीय नगरी चितवनको सौराहामा प्रेम दिवसको अवसर पारेर ‘खाना महोत्सव’ हुने भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएसन (रेवान) सौराहाले १७औँ खाना महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव यही माघ २९ देखि आगामी फागुन २ गतेसम्म सौराहाको सडकमा नै सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय तथा विदेशी खानाका परिकारसँगै स्थानीय कला, संस्कृति, वेषभूषाको प्रदर्शनका साथै सौराहालाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाइने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको संयोजक गिरीले बताउनुभयो ।

महोत्सवअन्तर्गत कार्यक्रमस्थल हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । यस्तै हरेक दिन बेलुका जनजातिको कला तथा संस्कृतिसहितको प्रदर्शनसमेत गरिनेछ ।

महोत्सव अवधिभर दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने र सौराहामा रु तीन करोडको कारोबार हुने आयोजकको अनुमान छ । महोत्सवअन्तर्गत उज्यालो सौराहा, शैक्षिक विपन्न कोषमार्फत विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउने र वातावरण प्रदूषण न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले प्लाष्टिकजन्य पदार्थ न्यूनीकरणलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल सौराहाको आयोजनामा हुने महोत्सवमा रेवान महिला समूह, क्षेत्रीय होटल सङ्घ चितवन, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र साना पर्यटन व्यवसायी संस्था सहआयोजकका रुपमा रहेका छन् । महोत्सवमा नेपाल पर्यटन बोर्ड, बागमती प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय र रत्ननगर नगरपालिकाले सहकार्य गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com