हिउँ पन्छाएपछि सुरु भयो हवाई सेवा
प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार
h’Dnf, !@ df3 . h’Dnf ladfg:yndf k/]sf] lxpF kG5fpFb} g]kfnL ;]gf / g]kfn k|x/L;lxt ;’/Iff lgsfo . dªunaf/b]lv cfPsf] nuftf/sf] lxdkftn] h’Dnfnufot dflyNnf] s0ff{nLsf] xjfO{ ;]jf aGb ePsf] lyof] . laxLaf/ df};d ;kmf ePkl5 xjfO{ ;]jf ;~rfngdf cfpg] gful/s p88og k|flws/0f h’Dnf sfof{non] hgfPsf] 5 . tl:a/ M ljho /fjt, /f;;
जुम्लालगायत माथिल्लो कर्णालीमा मङ्गलबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
दुई दिन परेको हिउँले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो । निमित्त कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “आजका लागि दुई वटा मात्रै उडान भएको छ ।” विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाई सेवा सञ्चालनमा आएको नेपाली सेना नन्दबक्स गण जुम्लाका गणपति रवीन थापाले बताउनुभयो ।

हवाई सेवा बन्द हुँदा नेपालगञ्जबाट जुम्ला आउने यात्रु अलपत्रमा परेका थिए । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ ।






