मार्च १६ देखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ५५ देशका ५ सय बढी चलचित्रबाट छानियो ९५


प्रकाशित मिति : माघ ११, २०७९ बुधबार

छैठौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०)सम्म आयोजना हुने बुधबार होटल अरन्या बुटिकमा एक समारोहकाबीच घोषणा गरियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा अतिथिहरु नीर शाह, नवराज केसी, गौरी मल्ल, ऋषि धमला, दीपाश्री निरौला, निर्मल शर्मा, प्रसंसा पाण्डे, रेजीना उप्रेती, सरिता गिरी, गोविन्द गौतम र इन्द्र बलामी रहनु भएको थियो । ‘निफ २०२३’ घोषणा सभा पत्रकार सम्मेलनमा परिणत भएको थियो ।

‘प्रतिस्पर्धामा आएका चलचित्रको वाढीले भने हामीलाई उत्साहित बनाएको छ । ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाँङबाट ३५ देशका ९५ चलचित्र छनौट गरिएको छ’– वितरित प्रेस विज्ञप्तीमा भनिएको छ । विगतमा झैं यस पटकपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।

यस पटकबाट निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गरिने छ । क्यूएफएक्ससँगको संझौता अनुसार काठमाडौंका छाँया सेन्टर र सिभिल मल, ललितपुरको लविङ मल र भक्तपुरको क्यूएफएक्स् हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुने निफका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com