युएससीआईएसबाट कोरोना सम्बन्धित लचकता मार्च २३ सम्मका लागि अन्तिम पटक विस्तार


प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार

युएससीआईएसले कोरोना सम्बन्धित लचकताहरू विस्तार गर्दै विभिन्न ८ प्रकारका कागजातहरु तोकिएको मितिले ६० दिनसम्म ढिलो बुझाउन सकिने जनाएको छ । यस्तो लचकता आगामी मार्च २३ सम्मका लागि विस्तार गरिएको युएससीआईएसले जनाएको छ ।

यी लचकताहरू अन्तर्गत युएससीआईएसले ८ प्रकारका अनुरोध वा सूचनाहरूमा तोकिएको मिति पछि ६० क्यालेन्डर दिन भित्र प्राप्त जवाफलाई पनि स्वीकार गर्नेछ । आगामी मार्च २३ सम्म जारी हुने त्यस्ता सुचनाहरुका सन्दर्भमा मात्र यो नियम लागु हुनेछ ।

थप प्रमाणको लागि अनुरोध, प्रमाणहरू अनुरोध गर्ने निरन्तरता, अस्वीकार गर्ने उद्देश्यको सूचनाहरू, खारेज गर्ने उद्देश्यको सूचनाहरू,
उल्टाउने उद्देश्यको सूचनाहरू, क्षेत्रीय केन्द्रहरू समाप्त गर्ने उद्देश्यका सूचनाहरू, टीपीएस फिर्ता लिने उद्देश्यको सूचनाहरू र नागरिकताको आवेदन स्वीकार भइसकेपछि प्राप्त नराम्रा जानकारीको आधारमा आवेदन पुन खोल्ने सुचनाहरुमा यो लचकता लागु हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसका अतिरिक्त युएससीआईएसले अपीलका लागि पेश गरिने आई २९० बी वा नागरिकता प्रकृयामा सुनुवाईका लागि अनुरोध गर्ने फर्म एन ३३६ का सन्दर्भमा पनि यो लचकता दिनेछ । तर ती फर्महरु युएससीआईएसले निर्णय दिएको ९० दिनभित्र फाइल गरेको हुनुपर्ने र मार्च २३, २०२३ भन्दा अगाडिको निर्णयको सन्दर्भमा मात्र लागु हुने जनाइएको छ ।

लचकतामा यो विस्तार सम्भवत अन्तिम हुने युएससीआईएसले बताएको छ । मार्च २३ भन्दा पछाडिका मितिका अनुरोध वा सूचनामा उल्लिखित डेडलाइन र आवश्यकताहरूको पालना गर्नुपर्ने युएससीआईएसको भनाई छ । स्मरणीय छ, मार्च २०२० मा घोषणा गरिएको पुन उत्पादन हस्ताक्षर लचिलोपन जुलाई २५, २०२२ मा स्थायी नीति बनिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com