सांसद लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगरियोस् : एमाले


प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार

नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै उहाँले राज्य र कानूनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको पगरी नलगाईदिन आग्रह गर्नुभएको हो ।

उहाँले देशमा अहिले लक्ष्मी महतोको सवत्र चर्चा रहेको र केही माननीयले समेत महतोलाई अपराधीको संख्या दिएको भन्दै कानूनले ठहर नगरेसम्म दोषी करार गर्न नमिल्ने धारणा राख्नुभयो ।

एमाले नेता महासेठले भन्नुभयो, “के सांसद लक्ष्मी महतो साच्चिकै अपराधी हुन् त ? संसदमा केही माननीयजीले पनि महतोका विषयमा धेरै कुरा उठाउनुभएको छ । त्यसो हो भने पुरानो सरकारले किन राज्यको प्रतिष्ठित पदक दिने निर्णय ग¥यो । महतो अहिले हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न । यदि प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुप¥यो, होइन भनेर आरेपमा कुनै सत्यता छैन ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानूनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजिकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म सभामुखमार्फत् गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, सांसद लक्ष्मी महतो कानुनसम्मत अपराधी हुन् भने पक्राउ गर्नुहोस् पार्टीले सहजीकरण गर्नेछ । लक्ष्मी महतोलाई अपराधी करार गरिएको छ, कानूनले अपराधी भनेर निर्णय गरेको छैन तर, संसदमा अपराधीको आरोप लगाइएको छ ।”

नेता महासेठले जनकपुरमा दुई व्यक्ति (रोहितकुमार साह र विष्णुकुमार साह)को अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग गर्नुभयो । अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको भन्दै सभामुखमार्फत् गृहप्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

एमाले नेता महासेठले अघिल्ला सरकारले आर्थिक सुशासन र पारदर्शिता कायम गरी आर्थिक अवस्था सुधान गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले केही गर्छकि भन्ने जनतामा आशा र विश्वास पलाएको पनि उल्लेख गर्नुभयो ।

“यो सरकारले छोटो समयमा जनतामा अलिअलि मलहम लगाउने काम गरेको छ । देशको आर्थिक सुधारका लागि प्रारम्भिकरुपमा सकारात्मक प्रयास थालिएको छ । राजनीतिक रुपमा पनि यो सरकारले प्रगति गरेको छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com