एसाइलम आवेदकहरूले अब वर्क परमिट आवेदन अनलाइनबाटै दिनसक्ने


प्रकाशित मिति : माघ ९, २०७९ सोमबार

अब निश्चित एसाइलम आवेदकहरूले वर्क परमिट आवेदन अनलाइन फाइल गर्न सक्ने युएससीआईएसले घोषणा गरेको छ । तुरुन्तै लागू हुने गरी श्रेणी सी ८ अन्तरगत एसाइलम र वीथहोल्डिङ अफ रिमुभल आवेदन पेन्डिङ रहेकाहरुले वर्क परमिटका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

त्यस्तै एबीसी सेटलमेन्ट सम्झौता अन्तर्गत एसाइलम पेन्डिङ रहेका आवेदकहरुले पनि वर्क परमिट फारम अनलाइन फाइल गर्न सक्नेछन् ।

यो योग्यता वर्ग अन्तर्गत पेन्डिङ शरण आवेदनमा आधारित वर्क परमिटको लागी आवेदन गर्न आवेदकले आफ्नो एसाइलम आवेदन फाइल गरेको १५० दिन पूरा भएको हुनुपर्छ । फाइलिङ मिति राम्रोसँग दायर गरिएको फारम एसाइलम आवेदन वा वीथहोल्डिङ अफ रिमुभल आवेदन प्राप्त गरेको मिति हो । जुन आवेदकले रसिद सूचनामा फेला पार्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्क परमिट अनलाइन फाइल गर्नको लागि पहिले माइ युएससीआईएसमा अनलाइन एकाउन्ट बनाउनुपर्छ । एकाउन्ट बनाउनको लागि कुनै शुल्क लाग्दैन। युएससीआईएसको अनलाइन एकाउन्टले सुरक्षित इनबक्स मार्फत आवेदनको बारेमा युएससीआईएससँग सीधै सञ्चार गर्ने क्षमता सहित विभिन्न सुविधाहरू प्रदान गर्दछ।

यदि आवेदकले पहिले नै युएससीआईएसको कुनै फारम अनलाइन फाइल गरेको खण्डमा पहिले नै रहेको अनलाइन एकाउन्ट प्रयोग गर्न सकिन्छ । नयाँ एकाउन्ट खोल्नु पर्दैन ।

वर्क परमिटको लागी अनलाइन फाइलिंग आवेदकहरुका केही कोटिहरुको लागी मात्र उपलब्ध छ। यदि आवेदक योग्य कोटी अन्तर्गत नपरेपनि अनलाइनबाट आवेदन फाइल गरेमा युएससीआईएसले शुल्क फिर्ता नगरी आवेदन अस्वीकार गर्न सक्ने जनाएको छ ।

कुन आवेदन अनलाइन फाइल गर्न सकिन्छ । थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com