अमेरिका आजदेखि ट्याक्स फाइलिङ सुरु, हस्ताक्षर नगर्ने ‘भूत तयारकर्ता’ बाट सावधान !


प्रकाशित मिति : माघ ९, २०७९ सोमबार

black Android smartphone

अमेरिकामा आईआएसले आज जनवरी २३ देखि व्यक्तिगत ट्याक्स रिटर्नहरू स्वीकार गर्न सुरु गरेको छ । अधिकारीहरूले यस फाइलिङ सिजनमा मुख्य सुधारहरू गर्ने वाचा गरेका छन् ।

धेरै जसो करदाताहरूले मंगलबार अप्रिल १८ सम्म आफ्नो विवरण पेश गर्न वा म्याद थप्न अनुरोध गर्न सक्नेछन्। सामान्यतया ट्याक्स फाइल गर्ने अन्तिम दिन अप्रिल १५ हुने भएतापनि उक्त दिन शनिबार परेकाले र अप्रिल १७ मा आईआरएसको मुख्यालय रहेको वाशिंगटनमा मुक्ति दिवस छुट्टी भएकाले डेडलाइन अप्रिल १८ भएको हो ।

यस फाइलिङ सिजनमा मुद्रास्फीति न्यूनीकरण ऐनमा बहु वर्षीय कोषबाट आईआरएस र अमेरिकाको कर प्रणालीलाई फाइदा पुर्‍याउने पहिलो पटक भएको कार्यवाहक आईआरएस आयुक्त डग ओडोनेलले  बताएका छन् । आईआरएसले  हजारौं नयाँ कर्मचारीहरूलाई फोनको जवाफ दिन र मानिसहरूलाई मद्दत गर्न तालिम दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकांश करदाताहरूले सामान्यतया आईआरएसबाट रिफण्ड प्राप्त गर्ने अपेक्षा गर्न सक्छन्। छिटो रिफण्ड लिनका लागि दुईवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, फाइलिङको २१ दिन भित्र रिफण्ड प्राप्त गर्नको लागि आईआरएसले ट्याक्स रिटर्न इलेक्ट्रोनिक रूपमा फाइल गर्न सुझाव दिएको छ । दोश्रो, रकम डिपोजिटका लागि बैंक एकाउन्ट दिन सुझाव दिएको छ ।

कागजी रुपमा फाइल गरिएको र डिपोजिटका लागि बैंक एकाउन्ट दिइएको सन्दर्भमा अनलाइनबाट फाइल गरिएका र डिपोजिटका लागि बैंक एकाउन्ट दिइएको तुलनामा ढिलो रिफण्ड प्राप्त हुन्छ । त्यस्तै कागजी रुपमा फाइल गरिएका र रिफण्ड चेक हुलाकमार्फत मगाउनेहरुका सन्दर्भमा सबैभन्दा ढिलो हुन्छ ।

यद्यपि आईआरएसले केही रिफण्डमा अतिरिक्त समीक्षा आवश्यक हुन सक्ने र यदि प्रणालीहरूले कुनै त्रुटिहरू पहिचान गरेमा प्रशोधन गर्न लामो समय लाग्न सक्ने चेतावनी दिएको छ । यदि रिटर्नमा गल्तीहरू भएमा प्रणालीले चोरी वा धोखाधडीको शंका गर्दछ।

त्यसका अतिरिक्त अर्नड इन्कम ट्याक्स क्रेडिट, कमदेखि मध्यम आय भएकाहरुका लागि कर छुट, वा अतिरिक्त चाइल्ड ट्याक्स क्रेडिट दावी गर्ने करदाताले मध्य फेब्रुअरी अघि रिफण्ड प्राप्त गर्न नसकने आईआरएसले चेतावनी दिएको छ । आईआरएसले यस वर्ष करदाताहरूलाई विगतका बर्षको तुलनामा थोरै रिफण्डका लागि तयारी हुन चेतावनी दिएको थियो ।

किनभने २०२२ मा संघीय सरकारले कुनै राहत चेकहरु प्रदान गरेको छैन । २०२१ मा आईआरएसले तेश्रो चरणको १४ सय डलरको राहत चेक दिएको थियो । योग्य अमेरिकीहरूले आफ्नो कर रिटर्नमा भुक्तान नगरिएको रकम अझै पनि दाबी गर्न सक्छन्।

ट्याक्स फाइल गर्दा हस्ताक्षर नगर्ने ‘भूत तयारकर्ता’ बाट सावधान !

के तपाईको तर्फबाट ट्याक्स रिटर्न फाइल गर्दा ट्याक्स फाइल गरिदिने व्यक्ति वा सीपीएले तपाईको ट्याक्स रिटर्न फाइल गर्ने फर्ममा हस्ताक्षर गरेका छैनन् ? यस्ता व्यक्तिलाई आईआरएसले भूतको संज्ञा दिदै सावधान रहन करदाताहरुलाई चेतावनी दिएको छ ।

आईआरएसले भनेको छ -‘भूत करफाइल तयारकर्ताले तपाईको ट्याक्स रिटर्न विद्युतीय रुपमा फाइल गर्नका लागि तयार गर्छ । तर रकम लिएको करफाइल गरिदिने व्यक्तिका रुपमा डिजिटल रुपमा हस्ताक्षर गर्न अस्वीकार गर्छ । यो ठगी हो, जसले इमान्दार व्यक्तिलाई नोक्सान पुग्छ ।’

कर फाइल गरिदिने त्यस्ता व्यक्तिले आईआरएसबाट आफ्नो परिचय लुकाउनका लागि ट्याक्स फाइल गर्दा तयारकर्ताका रुपमा आफ्नो विवरण पेश गर्दैनन् । धेरै रकम दिलाइदिने प्रतिबद्धता जनाएका उनीहरुले ठगी र जालसाजी समेत गर्नसक्ने भएकाले ट्याक्स पेशाकर्मी छनौट गर्दा बुद्धिमानी तरिकाले छनौट गर्न आईआरएसले सुझाव दिएको छ ।

भूतजस्तै उनीहरु अदृश्य हुन चाहने भएकाले उनीहरुले कागजीरुपमा फाइल गर्दा वा विद्युतीय रुपमा फाइल गर्दा आफ्नो विवरणहरु पेश नगर्ने आईआरसको भनाई छ । कानून अनुशार ट्याक्स फाइल तयार गर्ने वा फाइल गरिदिने व्यक्तिको तयारकर्ताका रुपमा ट्याक्स आईडी नम्बर हुनुपर्छ । र त्यो ट्याक्स फर्ममा उल्लेख गर्नुपर्छ । उनीहरुले आफ्नो पीटीआर्ईएन नम्बर उल्लेख गरेर फर्ममा हस्ताक्षर गर्नुपर्छ ।

त्यस्ता तयारकर्ताले कर फाइल गरिदिएबापतको रकम नगदमा माग्ने, रिसिप्ट दिन अस्वीकार गर्ने, रिफण्ड बढी बनाउन नक्कली कर कटौती गर्ने, करदाताको एकाउन्टमा नभई आफ्नै एकाउन्टमा रिफण्ड डिपोजिट गराउने लगायतका गतिविधि गर्न सक्छन् ।

तपाईको कर फाइल तयार गरिदिने व्यक्ति पेशागत वा लाइसेन्सप्राप्त हो वा होइन भन्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोला । देशमा युएसए छनौट गरेर उक्त व्यक्तिको थरमात्र हाल्नुभएको खण्डमा तपाईले उक्त व्यक्तिको विवरण प्राप्त गर्न सक्नुहुनेछ ।

नोट: यहाँ फेला नपरेका व्यक्तिहरु सबै अनाधिकृत भने होइनन् । सीपीएका परिचयपत्रहरु आईआरएस लाई स्वरिपोर्ट गरिन्छ। आईआरएसले सीपीएका पपिरचय डाइरेक्टरीमा समावेश गर्नु अघि प्रमाणीकरण गर्दछ, तर प्रमाणीकरण पछिपनि प्रमाणीकरण अमान्य हुने अवस्थाहरू हुन सक्छन्। प्रयोगकर्ताहरू स्टेट बोर्ड अफ एकाउन्टे्न्सी जस्ता प्रमाणको मुख्य स्रोतमा भर पर्नु पर्छ । आधिकारिक वर्तमान स्थितिको लागि यो निर्देशिका होइन। थप रूपमा आईआरएसले कुनै पनि तयारीकर्ता वा अर्कोमा प्रमाण पत्रलाई समर्थन गर्दैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com