नील आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेका बज एल्ड्रिनले ९३ औं जन्मदिनमा गरे चौथो विवाह


प्रकाशित मिति : माघ ७, २०७९ शनिबार

नील आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेका बज एल्ड्रिनले ९३ बर्षको जन्मदिनमा विवाह गरेका छन् । बज एल्ड्रिन सन् १९६९ को अपोलो ११ मिसनमा चन्द्रमामा पाइला राख्ने दुई अन्तरिक्ष यात्रीमध्ये एक हुन् ।

उनले आफ्नो ९३ औं जन्मदिनमा विवाह गरेको शुक्रबार ट्वीटमार्फत घोषणा गरेका छन् । उनले एन्का फौरसँग लस एन्जलस, क्यालिफोर्नियामा एउटा सानो समारोहमा विवाह गरेका छन् ।

६४ बर्षकी आन्का फौर एक मेडिकल डाक्टर हुन् जसले हाल बज एल्ड्रिनको कम्पनी बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्षको रूपमा काम गर्छिन् । आन्काले १९९६ मा पिट्सबर्ग विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा पीएचडी गरेकी थिइन्।

आफ्नो ९३औं जन्मदिनमा र आफूलाई लिभिङ लेजेन्ड्स अफ एभिएसनद्वारा सम्मानित गरिएको दिनमा विवाह गरेको घोषणा गर्न पाउँदा खुसी भएको उनले बताएका छन् । आफू लामो समयदेखिको आन्का फौरसँग प्रेममा रहेकोमा जन्मदिनमा विवाह बन्धनमा बाँधिएको उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्व अन्तरिक्ष यात्री एल्ड्रिनले आफू र उनकी पत्नी भागेर विवाह गर्ने टिनएजरजस्तै उत्साहित भएको बताएका छन् । एल्ड्रिनको यो पहिलो विवाह भने होइन ।

उनले योसहित चार पटक विवाह गरिसकेका छन्। उनको पहिलो विवाह डिसेम्बर २०, १९५४ मा जोन आर्चरसँग गरेका थिए । उनीहरुका तीन छोराछोरी भए । पछि उनीहरुले सन् १९७४ मा डिभोर्स फाइल गरे ।

एल्ड्रिनको दोश्रो विवाह बेवर्ली भ्यान जिलेसँग सन् १९७५ डिसेम्बर ३१ मा भयो । तर उनीहरुले १९७८ मा डिभोर्स गरे । उनको तेश्रो विवाह लोइस ड्रिग्स क्याननसँग सन् १९८८ फरबरी १४ मा भएको थियो । उनीहरुले सन् २०१२ मा डिभोर्स गरे ।

एल्ड्रिनका तीनजना पनाती र तीनजना पनातिनी छन् । त्यस्तै एकजना छोरीतिरका नातीपनि छन् ।

एल्ड्रिन एपोलो ११ मिशनमा तीन अन्तरिक्ष यात्रीहरू मध्ये अहिलेसम्म जीवित रहेका एक मात्र व्यक्ति हुन् ।

१९६९ मा बज एल्ड्रिन

नील आर्मस्ट्रङ सन् १९६९ को जुलाई २० को राति न्युयोर्क समय ९ बजेर ५६ मिनेटमा चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो अन्तरिक्ष यात्री थिए। त्यसको १९ मिनेटपछि बज एल्ड्रिनले पाइला टेकेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com