मलेसियाबाट नेपाल आउँदै गरेको विमान भारतको कोलकाता पुग्यो


प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार

मलेसियाबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता पुगेको छ । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न  नसकेपछि भारतको कोलकाता पुगेको हो ।

नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो । शुक्रबार त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएसँगै उडानरअवतरण प्रभावित भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको हो । त्यसैगरी आन्तरिकतर्फको उडान नेपालगञ्जबाट काठमाडौँका लागि उडान भरेको श्री एयरलाइन्सको विमान कम भिजिविलिटीका कारण भद्रपुर विमानस्थल पुगेको थियो ।त्यस्तै भारतको मुम्बइबाट आएको भिस्तारा एयर पनि अवतरण हुनुअघि लामो समय होल्डिङमा परेको थियो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com