सरकारी एपबाट अप्वाइन्टमेन्ट तय गरेर आप्रवासीहरु विना भिसा अमेरिका आउन सुरु
प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार
A Cuban asylum seeker (C) listens to a Border Patrol agent as he gives him instructions in Eagle Pass, Texas on December 20, 2022 – The US Supreme Court on december 19, 2022, halted the imminent scrapping of a key policy used since former US President Donald Trump’s administration to block migrants at the southwest border, amid worries over a surge in undocumented immigrants. An order signed by Chief Justice John Roberts placed a stay on the removal planned for December 21 of Title 42, which allowed the government to use Covid-19 safety protocols to summarily block the entry of millions of migrants. (Photo by VERONICA G. CARDENAS / AFP)
मेक्सिकोको उत्तरी सिमानामा रहेका आप्रवासीहरूले बुधवार शरणका लागि आवेदन दिने प्रक्रियालाई सहज बनाउन डिजाइन गरिएको मोबाइल एप प्रयोग गरेर अमेरिकामा प्रवेश गर्न थालेका छन् । यद्यपि धेरैले द्रुत रूपमा प्रणाली प्रयोग गर्न कठिनाइहरू भएको बताएका छन् ।
यस महिना बाइडेन प्रशासनले शरण खोज्न चाहनेहरुलाई शरण अनुरोध गर्नु अगाडि अमेरिकी अपोइन्टमेन्टको लागि पूर्व स्क्रिनिङ चरणको रूपमा आफ्नो व्यक्तिगत जानकारी प्रविष्ट गर्न अनुमति दिन सीबीपी वान नामको एपको प्रयोगलाई व्यापक बनाउने बताएको थियो । सोही एपको प्रयोग गरेर अप्वाइन्टमेन्ट तय गरेर बुधबारदेखि आप्रवासीहरु अमेरिका आउन थालेका छन् ।
आफू साँच्चै उत्साहित भएको र आफ्नो परिवारलाई भेट्न पर्खन नसक्ने भेनेजुएलाका आप्रवासी अलेजान्ड्राले भने । उनी टेक्सासको एलपासोबाट अमेरिका प्रवेश गरेका थिए भने फ्लोरिडा जादै थिए । अमेरिका प्रवेश गर्न महिनौंदेखि मेक्सिकोको सीमामा पर्खिरहेका अर्का भेनेजुएला जियोभनी कास्टेलानोसले पनि छिटो अप्वाइन्टमेन्ट पाएको बताए । उनले आप्रवासीहरूलाई सिमा पार गर्ने जोखिमबाट जोगिन र यसको सट्टामा एपको प्रयोग गर्न सुझाव दिए ।

गत हप्ता पूर्व स्क्रिनिङको लागि सक्रिय भएदेखि एपमा अप्वाइन्टमेन्टको माग उच्च भएको छ । यसले आवेदकहरूलाई अपोइन्टमेन्ट स्लटहरुसकिएको बताइरहेको छ । अपोइन्टमेन्ट प्राप्त गर्न आप्रवासीहरूले पहिले एपद्वारा निर्धारित मेक्सिकोको सीमा प्रवेश बिन्दुमा जानुपर्छ। केही आप्रवासीहरूले एपमा उनीहरू हाल रहेको ठाउँबाट टाढा मात्र अपोइन्टमेन्टहरू उपलब्ध रहेको बताएका छन् ।
भेनेजुएलाका आप्रवासी जोसे हुएर्टाले एपले सान डिएगोको विपरित पश्चिममा करिब १२०० किलोमिटर टाढा रहेको टिवाना शहरबाट अपोइन्टमेन्ट पाउनसक्ने देखाएको बताए । आफूसँग पैसा नभएको र आफू त्यहाँ हिडेर जानुपर्ने उनले बताए ।
सीमावर्ती सहरहरू बीचको यात्राले धेरै मानिसहरूलाई खतरामा पार्न सक्छ । टिवानाका आप्रवासन मामिलाका निर्देशक एनरिक लुसेरोले सरकारले प्रति दिन अपोइन्टमेन्टको संख्या बढाउनुपर्ने बताए ।
के हो सीबीपी वान ?
गत साता अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिका आउन चाहने मध्य वा उत्तरी मेक्सिकोमा रोकिएकाहरुका लागि अनलाइन अप्वाइन्टमेन्ट लिन मिल्ने मोबाइल एप सीबीपी वान सुरु गरिएको घोषणा गरेको थियो । राष्ट्रपति बाइडेनले घोषणा गरेका थप सीमा प्रवर्तन उपायहरूको एक भागको रूपमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कानुनी अध्यागमनका लागि मार्गहरू विस्तार गर्न, अवैध आप्रवासनलाई सीमित गर्न र सुरक्षा बढाउन नयाँ योजनाहरु अगाडि सारिरहेको छ ।
जनवरी १२ देखि लागू हुने गरी अमेरिका आउन चाहने मध्य वा उत्तरी मेक्सिकोमा रहेका भिसा नभएका आप्रवासीहरुले अग्रिम जानकारी पेश गर्न र प्रवेशका निश्चित दक्षिणपश्चिम पोर्ट अफ इन्ट्रीमा प्रस्तुत गर्न अपोइन्टमेन्ट तय गर्न यो एप प्रयोग गर्न सकिने व्यवस्था गरिएको हो । तत्कालका लागि स्वास्थ्य सम्बन्धि मापदण्ड टाइटल ४२ का कारण मानवीय अपवादको लागि विचार गर्न सकिने आप्रवासीहरुले मात्र यो एप प्रयोग गर्न सक्छन्।
टाइटल ४२ आदेश अन्तर्गत सीबीपीलाई मानवीय हितका आधारमा परिस्थितिहरूको समग्रताको मूल्यांकन गर्दै हरेक केसका आधारमा निर्णय लिने अधिकार दिइएको छ। यो एपको प्रयोग गर्ने आप्रवासीहरुले निश्चित पहिचान जोखिम मापदण्डहरू पूरा गर्छन् र पोर्ट अफ इन्ट्रीमा प्रस्तुतीकरणमा यो दाबी प्रमाणित गर्न तयार हुन्छन् भन्ने कुरा स्वीकार गर्नुपर्छ ।
एप्लिकेसनले बिना अनुमति अमेरिकी सीमानाहरू पार गर्ने प्रयासको विपरीत आप्रवासीहरुलाई पोर्ट अफ इन्ट्रीमा प्रस्तुत गर्नको लागि सुरक्षित र व्यवस्थित तरिका प्रदान गर्दछ । एप्लीकेशन मार्फत निर्धारित अपोइन्टमेन्ट टाइटल ४२ अर्डरबाट अपवादको ग्यारेन्टी भने नभएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
सीबीपी वानको प्रयोगले प्रतीक्षा समय घटाउने र सुरक्षित, व्यवस्थित र सुव्यवस्थित प्रशोधन सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यो कुनै पनि राष्ट्रियताका आप्रवासीहरुका लागि खुला रहेको जनाइएको छ । तर उनीहरु मध्य वा उत्तरी मेक्सिकोमा अवस्थित हुनुपर्छ । यो एप्लीकेशन प्रयोग गर्न कुनै शुल्क तिर्नुपर्दैन ।
टाइटल ४२ को अपवादमा पर्नेहरुले १४ दिन अगाडि ८ वटा पोर्ट अफ इन्ट्रीमा अप्वाइन्टमेन्ट लिन सक्नेछन् । एरिजोनाको नोगेल्स, टेक्सासको ब्राउन्सभिल, इगलपास, हिडाल्गो, लरेडो, एलपासो र क्यालिफोर्नियाको क्यालेक्सिको र सान यसिड्रो पोर्ट अफ इन्ट्रीमा अप्वाइन्टमेन्ट लिन सकिनेछ ।
टाइटल ४२ अर्डर हटेपछि विना भिसा अमेरिका आउने सबै आप्रवासीहरुले निरीक्षणको लागि आफूलाई प्रस्तुत गर्न र पर्खनको लागि सीधै पोर्ट अफ इन्ट्रीमा आउनुको सट्टा अपोइन्टमेन्टको समय निर्धारण गर्न यो एपको प्रयोग गर्न सक्षम हुनेछन्। यो नयाँ सुविधाले पोर्ट अफ इन्ट्रीमा प्रतीक्षा समय र भीडलाई उल्लेखनीय रूपमा कम तथा सुरक्षित, व्यवस्थित र मानवीय प्रशोधनका लागि अनुमति दिने अपेक्षा गरिएको छ ।






